टर्कीमा एकै व्यक्तिलाई ५३ वटा जन्मकैद, ५ हजार ३ सय ६ वर्ष ६ महिनाको थप जेल सजाय | Khabarhub Khabarhub

टर्कीमा एकै व्यक्तिलाई ५३ वटा जन्मकैद, ५ हजार ३ सय ६ वर्ष ६ महिनाको थप जेल सजाय


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की– टर्कीको एउटा अदालतले बम आक्रमणको योजनाका अभियोगमा दोषी ठहर गर्दै एकजनालाई ५३ वटा जन्मकैद तथा ५ हजार ३ सय ६ वर्ष ६ महिनाको जेल सजायको फैसला सुनाएको छ ।

सन् २०१३ मा सिरिया र टर्कीको सीमामा रहेको हाते प्रान्तको रेहानली शहरमा ५२ जनाको ज्यान जानेगरी भएको दोहोरो बम आक्रमणको मुख्य योजनाकार युसुफ नाजिक नाम गरेका टर्किस नागरिकलाई ५३ वटा जन्मकैदको फैसला सुनाएको हो । उनलाई राष्ट्रिय एकता भंग गराउन खोजेको एक अभियोगमा एक जन्मकैद तथा अन्य ५२ जनाको मृत्युका लागि ५२ वटा जन्मकैद सुनाइएको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ ।

त्यसबाहेक १३० जनाको ज्यान लिने प्रयास गरेको लगायतका अन्य अभियोगमा उनलाई अरु ५ हजार ३ सय ६ वर्ष ६ महिनाको जेल सजाय समेत सुनाइएको अनादोलुले जनाएको छ । उनलाई सिरिया सरकारको नियन्त्रणमा रहेको लताकिया प्रान्तबाट टर्किको गुप्तचर संस्था एमआईटीले पक्राउ गरेको गत सेप्टेम्बरमा खुलासा भएको थियो ।

यसअघि टर्की सरकारले उक्त आक्रमणमा सिरिया सरकार र सिरियाको गुप्तचर निकाय मुखाबरातको हात रहेको आरोप लगाउँदै आएको थिए । पक्राउ परिसकेपछि नाजिकले आफूलाई आक्रमण गर्न सिरियाली अधिकारीबाट सहयोग मिलेको स्वीकार गरेको अनादोलुले जनाएको छ । रेहानली बम आक्रमणमा संलग्न रहेको अभियोगमा अरु २२ जनालाई यसअघि नै सजाय सुनाइसकिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : ५५ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।