टर्कीमा एकै व्यक्तिलाई ५३ वटा जन्मकैद, ५ हजार ३ सय ६ वर्ष ६ महिनाको थप जेल सजाय « Khabarhub

टर्कीमा एकै व्यक्तिलाई ५३ वटा जन्मकैद, ५ हजार ३ सय ६ वर्ष ६ महिनाको थप जेल सजाय


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की– टर्कीको एउटा अदालतले बम आक्रमणको योजनाका अभियोगमा दोषी ठहर गर्दै एकजनालाई ५३ वटा जन्मकैद तथा ५ हजार ३ सय ६ वर्ष ६ महिनाको जेल सजायको फैसला सुनाएको छ ।

सन् २०१३ मा सिरिया र टर्कीको सीमामा रहेको हाते प्रान्तको रेहानली शहरमा ५२ जनाको ज्यान जानेगरी भएको दोहोरो बम आक्रमणको मुख्य योजनाकार युसुफ नाजिक नाम गरेका टर्किस नागरिकलाई ५३ वटा जन्मकैदको फैसला सुनाएको हो । उनलाई राष्ट्रिय एकता भंग गराउन खोजेको एक अभियोगमा एक जन्मकैद तथा अन्य ५२ जनाको मृत्युका लागि ५२ वटा जन्मकैद सुनाइएको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ ।

त्यसबाहेक १३० जनाको ज्यान लिने प्रयास गरेको लगायतका अन्य अभियोगमा उनलाई अरु ५ हजार ३ सय ६ वर्ष ६ महिनाको जेल सजाय समेत सुनाइएको अनादोलुले जनाएको छ । उनलाई सिरिया सरकारको नियन्त्रणमा रहेको लताकिया प्रान्तबाट टर्किको गुप्तचर संस्था एमआईटीले पक्राउ गरेको गत सेप्टेम्बरमा खुलासा भएको थियो ।

यसअघि टर्की सरकारले उक्त आक्रमणमा सिरिया सरकार र सिरियाको गुप्तचर निकाय मुखाबरातको हात रहेको आरोप लगाउँदै आएको थिए । पक्राउ परिसकेपछि नाजिकले आफूलाई आक्रमण गर्न सिरियाली अधिकारीबाट सहयोग मिलेको स्वीकार गरेको अनादोलुले जनाएको छ । रेहानली बम आक्रमणमा संलग्न रहेको अभियोगमा अरु २२ जनालाई यसअघि नै सजाय सुनाइसकिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : ५५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले