गर्भपतन कानूनको विरोधमा ‘यौन हड्ताल’! « Khabarhub

गर्भपतन कानूनको विरोधमा ‘यौन हड्ताल’!


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको जर्जिया राज्यमा विवादास्पद नयाँ गर्भपतन कानूनको विरोध गर्दै अभिनेतृ तथा सामाजिक अभियन्ता अलिसा मिलानोले ‘यौन हड्ताल’ को आह्वान गरेकी हुन् ।

‘जबसम्म महिलासँग आफ्नो शरिरलाई वैधानिक रुपमा नियन्त्रण गर्ने अधिकार हुँदैन, तबसम्म हामी गर्भधारण गर्ने जोखिम उठाउन सक्दैनौं’ मिलानोले ‘सेक्स स्ट्राइक’ ह्यासट्याग राख्दै ट्विट गरेकी छिन् ।

अमेरिकामा गर्भपतनलाई नियन्त्रण गर्नका लागि कानून ल्याउने जर्जिया अमेरिकाको पछिल्लो राज्य हो । हर्टबिट बिल नाम दिइएको विधेयकलाई त्यहाँका गर्भनर ब्रायन केम्पले गत मंगलबार हस्ताक्षार गरेसँगै कानूनका रुपमा अघि आइसकेको छ भने आगामी जनवरी १ बाट यो कानून लागू हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले गरेको ट्वीट यस्तो छ 

यो कानून अनुसार गर्भमा बच्चाको मुटुको धढ्कन चल्न शुरुगरेपछि महिलाले गर्भपतन गराउन पाउने छैनन् । गर्भमा बच्चाको मुटुको धढ्कन ६ साता पछि चल्न शुरु हुने महिलालाई आफू गर्भवती रहेको थाहा पाउन ९ सातासम्म लाग्ने बताइन्छ । सोही कारण अमेरिकामा गर्भपतनसम्बन्धी कानूनबारे चर्को बहस छेडिएको छ ।

यौन दुर्व्यवहारविरुद्ध मिटू अभियान समेत चलाएकी मिलानोको ट्विटले हालसम्म करिब ४० हजार लाइक्स पाएको छ भने अरु करिब १४ हजारले रिट्विट गरेका छन् ।

यससँगै अमेरिकामा गर्भपतनबारे नयाँ बहस शुरु भएको छ । केहीले मिलानोको अभिप्राय सहि भएपनि यौन हड्ताल सही कदम नभएको जनाएका छन् भने केहीले उनको कदमको स्वागत गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १० : ०८ बजे

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् काटिने

बागमती– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित

कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी,

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको