धार्मिक अन्धविश्वासको असर : एकै वडामा १६३ को बालविवाह « Khabarhub

धार्मिक अन्धविश्वासको असर : एकै वडामा १६३ को बालविवाह


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सरकारले जनचेतनाका नाममा करोडौंको बजेट खर्च गरेपनि समाजमा भने अझै पनि पूण्य कमाउने बालविवाह हुने गरेको पाइएको छ ।

सुदूरपश्चिममा अझै पनि धार्मिक अन्धविश्वासको असरका रुपमा बालविवाह कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको छ ।

एक गैरसरकारी संस्थाले ३ वर्ष लगाएर गरेको अध्ययनका अनुसार एकै वडामा १ सय ६३ बालविवाह भएको देखिएको हो । सामुदायिक विकास केन्द्र (सीडीसी) नामक संस्थाले लडागडामा ३ वर्षदेखि बालविवाहका सन्दर्भमा अध्ययन गरेको थियो ।

सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कमा २०७३ सालमा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको उल्लेख छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १ सय ३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिए ।

‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ,’ परियोजनाका जिल्ला संयोजक बडू भन्छन् ।

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ ।

परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा चाँडो विवाह गर्ने मान्यताका कारण बालविवाह हुने गरेको संस्थाले जनाएको छ । कतिपय अवस्थामा मेला पर्वमा पनि कम उमेरकै बालबालिकाहरुले भागेर विवाह गर्ने गरेको पनि संस्थाको अध्ययनबाट देखिन्छ ।

उक्त वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले १, राम्रो घर परिवार पाउँदा ७, चाँडो विवाह गर्ने मान्यतामा ५, मेला पर्वमा १, भविष्य राम्रो हुने आशामा १ र अन्य ८० गरी जम्मा १६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : २५ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला