प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसँग भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसँग भेटवार्ता


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गरेका छन् ।

कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि कम्बोडिया पुगेको प्रधानमन्त्री ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए ।

उनले दुवै नेताले दुई देशका संसद्बीच आदानप्रदान गर्ने तथा सुदृढ बनाउने सहमति भएको पनि बताए । प्रधानमन्त्री ओली भियतनामको पाँच दिने औपचारिक भ्रमणपछि सोमबार कम्बोडिया पुगेका हुन् ।

कम्बोडियाली विदेश मन्त्रालयका अधिकारीले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणले कम्बोडिया अधिराज्य र नेपालबीचको मित्रतालाई बलियो तुल्याउँदै दुई देशबीचको आर्थिक, व्यापारिक, पर्यटकीय र सांस्कृतिक सहयोगलाई प्रबद्र्धन गर्ने अपेक्षा गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका साथै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : १२ बजे

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला– जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् काटिने

बागमती– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित

कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी,

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने