गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरि सरकारले काम गरिरहेको छ– गृहमन्त्री « Khabarhub

गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरि सरकारले काम गरिरहेको छ– गृहमन्त्री


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए ।

यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ थियो । प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  २ : ५६ बजे

नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार

नेपालगञ्ज– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

रियाद – करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको

एमालेमा केन्द्रीय कमिटीको उमेर हद हटाइयो

काठमाडौँ– नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ ।

दिगोपनाको कसीमा सामाजिक सुरक्षा प्रणाली

काठमाडौँ– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच

नागरिकता विधेयक प्रमाणीकरणपछि प्रवासी नेपाली खुसी : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता