सरकारले अटो लोनमा कडिकडाउ गर्दै « Khabarhub

सरकारले अटो लोनमा कडिकडाउ गर्दै


३१ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधन खरिद तथा आयतको लागि बैंकले आयतकार्तालाई दिने ऋण टिआर (ट्रस्ट रिसिप्ट)मा सरकारले रोक लगाउने तयारी गरेको छ ।

वर्षेनी ठूला मात्रामा आयात हुने सवारीसधानका कारण मुलुकले व्यापार घाटा व्यर्होनु परेको निस्कर्षसहित सरकारले टिआर लोनमा रोक लगाउने तयारी गरेको हो । केही समय अघि मन्त्रिपरिषद्ले पारित गरेको ‘व्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना’मा समेत विद्युत बाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने भनिएको छ ।

सोही कार्ययोजनाको आधारमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेकाले अब आयतकर्ताले टिआर लोन नपाउने स्रोतको भनाई छ । स्रोत भन्छ ‘कार्ययोजना अनुसार टिआर लोनमा रोक लगाउने व्यवस्था हुँदैछ, आगामी आर्थिक वर्षबाट कडाईका साथ यो व्यवस्था लागु हुनेछ ।’

सरकारले ल्याएको कार्ययोजना अनुसार सवारीसाधन लगायत त्यसका पाटपुर्जा अयातमा समेत टिआर लोन लिन÷दिन नपाउने व्यवस्था छ । सावारीसधान आयतकर्ताहरुले भने उक्त व्यवस्थाको आलोचना गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले यस्तो व्यवस्थाले उद्धार अर्थ नीतिको सिद्धान्तलाइ आघात पुर्‍याउने प्रतिक्रिया दिएका छन् ।

सवारी आयतकर्ता समेत रहेका घिमिरे भन्छन् ‘ऋण पाइएन भने धेरै आयतकर्ताहरु समस्यामा पर्छन््, थोरै पुँजी नहुनेले एलसी समेत खोल्न सक्ने अवस्था रहँदैन दोकानमा ताला लगाउने स्थिती आउँछ ।’

राजस्वको तथ्याङ अनुसार यस आ.व.को चैत मसान्तसम्म कुल ७७ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सवारी साधन र पार्टपुर्जाको आयात भइसकेको छ । गत अर्थिक बर्षभरी १ खर्ब ५ अर्ब ९७ करोडको आयात भएको तथ्यांकमा उल्लेख छ ।

कार्ययोजनामा व्यक्तिले लिने सवारी–साधनको ऋणमा समेत कडी–कडाउ गर्न भनिएको छ । उक्त व्यवस्था कार्यन्यवनमा आए कुनैपनि व्यक्तिले बैंकबाट ५० प्रतिशतभन्दा बढी सवारी–ऋण पाउने छैनन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ५ : ५३ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक