व्यक्तिगत सूचना चुहाएको आरोपमा फेसबुकमाथि साँढे ५ खर्ब बढीको जरिबाना ! « Khabarhub

व्यक्तिगत सूचना चुहाएको आरोपमा फेसबुकमाथि साँढे ५ खर्ब बढीको जरिबाना !


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- व्यक्तिगत सूचना दुरुपयोग गरेको आरोपमा फेसबुकमाथि साँढे पाँच खर्ब नेपाली रुपैयाँ बरारबरको जरिबान हुने भएको छ ।

अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएको आरोपमा फेसबुकमाथि साँढे पाँच खर्ब नेपाली रुपैयाँ बरारबरको जरिवाना सिफारिस गरेको हो ।

यो कुनै प्रविधि कम्पनीमाथि गरिएको अहिलेसम्मकै ठूलो जरिबाना रकम हो । यसअघि सन् २०१२ मा गुगलमाथि दुई अर्ब ४१ करोड ३३ लाख २२ हजार नेपाली रुपैयाँभन्दा बढी जरिबाना तोकिएको थियो ।

तर फेसबुकमाथि लगाइएको जरिबानामाथि भने अमेरिकी न्याय विभागले अन्तिम फैसला गर्नेछ । गएको मार्च २०१८ मा फेसबुकले व्यक्तिगत सूचना चुहाएको सबैभन्दा ठूलो मामला सार्वजनिक भएको थियो । एफटीसीले सामाजिक सञ्जाल फेसबुक आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचनाको गोप्यता र सुरक्षामा दोषी भएको बताएको छ ।

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकालाई व्यक्तिगत सूचना चुहाएको विषयमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग अमेरिकी संसदमा उपस्थित भएका थिए । त्यसपछि एफटीसीले जाँच सुरु गरेको थियो ।

फेसबुकले आफूविरुद्ध जाँच सुरु भएपछि कानुनी सम्झौताको लागि झण्डै आठ अर्ब रुपैयाँको प्रस्ताव राखेको थियो । एफटीसीले पनि व्यक्तिगत सूचना चुहावटको मामलासम्बन्धी जाँचपड्ताल सकाउन यही शर्त अनुसार कम्पनीको जरिबाना रकम तय गरेको थियो । फेसबुकमाथि तोकिएको जरिबाना रकम उसले सन् २०१८ मा गरेको कमाइको ९ प्रतिशत मात्र हो ।

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले फेसबुकका आठ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत सूचना प्राप्त गरेको थियो । क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई प्रभावित गर्नका लागि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचनाको प्रयोग गरेको थियो । फेसबुकलाई पनि यी सबै कुराको जानकारी थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ५८ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट