व्यक्तिगत सूचना चुहाएको आरोपमा फेसबुकमाथि साँढे ५ खर्ब बढीको जरिबाना ! | Khabarhub Khabarhub

व्यक्तिगत सूचना चुहाएको आरोपमा फेसबुकमाथि साँढे ५ खर्ब बढीको जरिबाना !


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- व्यक्तिगत सूचना दुरुपयोग गरेको आरोपमा फेसबुकमाथि साँढे पाँच खर्ब नेपाली रुपैयाँ बरारबरको जरिबान हुने भएको छ ।

अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएको आरोपमा फेसबुकमाथि साँढे पाँच खर्ब नेपाली रुपैयाँ बरारबरको जरिवाना सिफारिस गरेको हो ।

यो कुनै प्रविधि कम्पनीमाथि गरिएको अहिलेसम्मकै ठूलो जरिबाना रकम हो । यसअघि सन् २०१२ मा गुगलमाथि दुई अर्ब ४१ करोड ३३ लाख २२ हजार नेपाली रुपैयाँभन्दा बढी जरिबाना तोकिएको थियो ।

तर फेसबुकमाथि लगाइएको जरिबानामाथि भने अमेरिकी न्याय विभागले अन्तिम फैसला गर्नेछ । गएको मार्च २०१८ मा फेसबुकले व्यक्तिगत सूचना चुहाएको सबैभन्दा ठूलो मामला सार्वजनिक भएको थियो । एफटीसीले सामाजिक सञ्जाल फेसबुक आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचनाको गोप्यता र सुरक्षामा दोषी भएको बताएको छ ।

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकालाई व्यक्तिगत सूचना चुहाएको विषयमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग अमेरिकी संसदमा उपस्थित भएका थिए । त्यसपछि एफटीसीले जाँच सुरु गरेको थियो ।

फेसबुकले आफूविरुद्ध जाँच सुरु भएपछि कानुनी सम्झौताको लागि झण्डै आठ अर्ब रुपैयाँको प्रस्ताव राखेको थियो । एफटीसीले पनि व्यक्तिगत सूचना चुहावटको मामलासम्बन्धी जाँचपड्ताल सकाउन यही शर्त अनुसार कम्पनीको जरिबाना रकम तय गरेको थियो । फेसबुकमाथि तोकिएको जरिबाना रकम उसले सन् २०१८ मा गरेको कमाइको ९ प्रतिशत मात्र हो ।

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले फेसबुकका आठ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत सूचना प्राप्त गरेको थियो । क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई प्रभावित गर्नका लागि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचनाको प्रयोग गरेको थियो । फेसबुकलाई पनि यी सबै कुराको जानकारी थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ५८ बजे

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

एजेन्सी – रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार