कोशी व्यारेज नै खतरामा, ५६ वटै ढोका खोलियो | Khabarhub Khabarhub

कोशी व्यारेज नै खतरामा, ५६ वटै ढोका खोलियो


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी–पानीको बहाब बढेसँगै व्यारेज नै खतरामा परेपछि सप्तकोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ ।

लगातार परेको पानीका कारण सप्तकोशीमा पानीको बहाब बढ्दो छ । पहाडी जिल्लामा पानी आउने क्रम अझै नरोकिएकाले यो बहाब अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए ।

नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए । ९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख २१ हजार क्यूसेक पानी बगिरहेको बताइएको छ ।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।

सप्तकोशीमा पानीको बहाब बढेसँगै कोशी प्रभावित क्षेत्र डुबानमा पर्न थालेपछि व्यारेजका ढोका खोल्न स्थानीयले दबाब दिएका थिए ।

भारतलाई जोगाउने नाममा नेपाल डुबाउन पाइँदैन भन्दै सामाजिक सञ्जालबाट पनि बिरोध भएपछि सप्तकोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको हो ।

सबै ढोका खुल्ला गरिएपछि पानीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले व्यारेजमा पानीको बहाव ३ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।

राति गरिएको मापन अनुसार व्यारेजमा पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो ।

व्यारेजका ढोका नखोले पुल नै जोखिममा पर्ने भएकाले भारतीय समन्वयमा सबै ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ०४ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल