राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प « Khabarhub

राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवागमन ठप्प


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका लागि पुल नबनेका कारण राप्ती नदीमा बाढी आउनासाथ वर्षेनी आवागमन बन्द हुने गरेको स्थानीय शिक्षक भुवन खुनाले बताए। उनका अनुसार, शनिबार बिहानदेखि नदीको बहाव बढेको हो । आवागमन बन्द हुँदा वडा कार्यालय, गाउँपालिका कार्यालय र सदरमुकाम नेपालगञ्ज जाने यात्रु समस्यामा परेका छन् ।

“नदी वारपार गर्ने कुनै माध्यम छैन, पैदल हिँड्ने बाटोसमेत अवरुद्ध भयो”, खुनाले भने, “नदीमा पानी बढ्दैछ, गाउँतिर पसेर कटान गर्ने खतरा भएको छ ।” आवागमन बन्द हुँदा बिरामी, अशक्तलाई बढी समस्या हुने गरेको छ । भम्का र अमुवागाउँमा स्वास्थ्य संस्था नभएकाले नदीमा पानीको बहाव नघट्दासम्म उपचार पाउनबाट समेत सर्वसाधारण वञ्चित भएको खुनाको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बाढीबाट हुनसक्ने जोखिमको अनुमान गर्दै स्थानीय प्रहरी, रेडक्रसलगायत निकाय पूर्वतयारीमा जुटेको बताए । “वर्षासँगै राप्तीको बहाव बढ्दै गएको छ”, अध्यक्ष थारूले भने, “सुरक्षा निकाय र नदी छेउका बासिन्दालाई सचेत रहन सूचना गरेका छौँ ।”

उनले भम्का र अमुवागाउँका बासिन्दा वर्षौँदेखि राप्ती नदीमा आउने बाढीबाट पीडित हुँदै आएकाले पुल निर्माणको प्रक्रिया अघि बढाइएको बताए । पुलको ठेक्का भइसकेकाले छिट्टै भम्का र अमुवागाउँका बासिन्दाको दुःख अन्त्य हुने उल्लेख गरे।

राप्तीमा पानीको बहाव बढ्दो

राप्ती नदीमा पानी बहावको सतहले ‘खतराको विन्दु’ पार गरेपछि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै गएको हो । शनिबार दिउँसो साढे ३ बजे नदीको सतहले ‘खतराको विन्दु’ पार गरेको हो । राप्ती नदीको कुसुमस्थित मापन केन्द्रका अनुसार, पाँच मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’ मानिन्छ । राप्ती नदीले अहिले त्यो तह पार गरिसकेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका संयोजक गौरी बुढाथोकीले रातभरिको वर्षाले नदीको सतह बढ्ने क्रम जारी रहेकाले राप्ती तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको जानकारी दिए । उनका अनुसार, राप्ती नदीमा पानीको सतह बढेसँगै फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, र नरैनापुरका केही भाग डुबानमा परेका छन् ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुबानमा पर्दै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १० : ३६ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार