ताकम र शिवाङमा सडक कालोपत्र « Khabarhub

ताकम र शिवाङमा सडक कालोपत्र


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र गरिएको छ । 

पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित दरवाङ–मुना–ढोरपाटन सडक योजनामार्फत ताकम र शिवाङको बस्तिभित्र कालोपत्र गरेर धुलो र हिलोमुक्त बनाइएको हो । 

ताकम र शिवाङमा ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँले बताए । 

कालोपत्र भएपछि ताकमवासी उत्साहित भएका छन् । धवलागिरी गाउँपालिकामा यसअघि कालोपत्र सडक थिएन् । चिल्लो सडकको पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल देखिन्छ । पक्की सडकले गाउँको सौन्दर्यतासँगै पर्यटकीय सम्भावना बढाएको धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ६ किलोमिटर दूरीमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजना सम्पन्न हुने चरणमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख बानियाले बताए । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ जेठमा रामसागर बिके एस केबीएस धौलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । गौथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । 

धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक धौलागिरि गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । प्रदेश सरकार मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।  

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ ।

धौलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत वर्ष सडकले जोडिएको थियो । रासस

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : २४ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७