ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण « Khabarhub

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३ सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ ।

नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था लागू गरेपछि गत वैशाख २२ गतेदेखि ललितपुरमा उक्त सेवा सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ६४ सेवाग्राहीले घरमै राहदानी बुझ्ने विकल्पसहित आवेदन दिएकामध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी राहदानी निर्माण प्रक्रियामा छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक करिब एक हजार १०० राहदानी जारी हुने गरेका छन् । घरमै राहदानी प्राप्त गर्ने सेवाप्रति सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको बताइन् । 

उनका अनुसार ललितपुरका केही स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले घरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहज भएको छ । यद्यपि धेरै सेवाग्राहीले छिटो र सहज रूपमा राहदानी प्राप्त गर्न कार्यालयमै उपस्थित भएर बुझ्ने गरेका छन् ।

जिल्ला हुलाक कार्यालय ललितपुरले राहदानी घरमै प्राप्त गरेपछि सेवाग्राहीले सकारात्मक प्रतिक्रिया दिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकासम्म राहदानी वितरण गरिएको छ ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख रमा पन्तले घरमै राहदानी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताएकी छन् । उनका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका सेवाग्राहीले यो सेवा बढी उपयोग गरेका छन् भने दुर्गम गाउँपालिकाबाट सेवाग्राहीको सहभागिता अपेक्षाअनुसार कम रहेको छ । 

स्रोतसाधनको सीमितताका कारण कहिलेकाहीँ सेवामा केही ढिलाइ हुन सक्ने भए पनि सेवा भरपर्दो रहेको उनले बताइन् । सरकारी तथा बैंकिङसम्बन्धी कागजात आदान–प्रदानमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य रहेको प्रमुख पन्तको भनाइ छ । 
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : २३ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७