ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण « Khabarhub

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३ सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ ।

नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था लागू गरेपछि गत वैशाख २२ गतेदेखि ललितपुरमा उक्त सेवा सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ६४ सेवाग्राहीले घरमै राहदानी बुझ्ने विकल्पसहित आवेदन दिएकामध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी राहदानी निर्माण प्रक्रियामा छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक करिब एक हजार १०० राहदानी जारी हुने गरेका छन् । घरमै राहदानी प्राप्त गर्ने सेवाप्रति सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको बताइन् । 

उनका अनुसार ललितपुरका केही स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले घरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहज भएको छ । यद्यपि धेरै सेवाग्राहीले छिटो र सहज रूपमा राहदानी प्राप्त गर्न कार्यालयमै उपस्थित भएर बुझ्ने गरेका छन् ।

जिल्ला हुलाक कार्यालय ललितपुरले राहदानी घरमै प्राप्त गरेपछि सेवाग्राहीले सकारात्मक प्रतिक्रिया दिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकासम्म राहदानी वितरण गरिएको छ ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख रमा पन्तले घरमै राहदानी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताएकी छन् । उनका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका सेवाग्राहीले यो सेवा बढी उपयोग गरेका छन् भने दुर्गम गाउँपालिकाबाट सेवाग्राहीको सहभागिता अपेक्षाअनुसार कम रहेको छ । 

स्रोतसाधनको सीमितताका कारण कहिलेकाहीँ सेवामा केही ढिलाइ हुन सक्ने भए पनि सेवा भरपर्दो रहेको उनले बताइन् । सरकारी तथा बैंकिङसम्बन्धी कागजात आदान–प्रदानमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य रहेको प्रमुख पन्तको भनाइ छ । 
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र