बाबुको मृत्यु, आमा बिहे गरेर गएपछि तीन बालबालिकाको बिचल्ली, खाने अन्न, लगाउने कपडासमेत छैन « Khabarhub

बाबुको मृत्यु, आमा बिहे गरेर गएपछि तीन बालबालिकाको बिचल्ली, खाने अन्न, लगाउने कपडासमेत छैन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन् ।

बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।

पाँच वर्षअघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अन्यत्रै गएपछि उनीहरु सहाराविहीन बनेका छन । उनीहरु गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलङ्गीचौरमा ८, ७र ६ कक्षामा पढ्छन् । “पढ्न मन भएर के गर्ने ?कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ”, हीराले भने ।

घरको अन्नबालीले तीन महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घरव्यवहार धान्ने गरेको हीरा बताउँछन् ।

उनीहरुको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए । “दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु”, उनले ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १० : ५८ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण