बाढी पहिरोले निम्त्यायो स्वास्थ्य समस्या : पाल्पामा झाडापखाला, प्रदेश-२ मा ६ स्वास्थ्य संस्था डुबे « Khabarhub

बाढी पहिरोले निम्त्यायो स्वास्थ्य समस्या : पाल्पामा झाडापखाला, प्रदेश-२ मा ६ स्वास्थ्य संस्था डुबे


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण आएको बाढी र पहिलोमा परी हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । यस्तै ३५ जना वेपत्ता भएका छन् ।

बाढी पहिरोको यति विपत्तमा स्वास्थ्य क्षेत्रमा पनि समस्या उत्पन्न भएको छ । अस्वस्थकर खानपान, दूषित पानी, डुबानको प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या पनि देखिएको छ ।

बाढी प्रभावित क्षेत्र प्रदेश २ का प्रदेश स्वास्थ्य कार्यलय र स्वास्थ्यसंस्थासमेत डुवानमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आपतकालिन तथा विपद व्यवस्थापन इकाईका प्रमूख चुडामणि भण्डारीले बताए ।

प्रदेश दुईमा सप्तरीमा २, रौतहतका २ र महोत्तरीमा एउटा स्वास्थ्य संस्था डुबान परेको भण्डारीले बताए ।

‘प्रदेश २ का सप्तरी, रौतहट र महोत्तरीमा गरी ६ वटा स्वास्थ्यसंस्था डुवानमा परेका छन् । तीमध्ये रौतहतको प्रदेश स्वास्थ्य कार्यलयमा भएको औषधिहरु पनि डुवानमा परेको छ,’ भण्डारीले भने, ‘ती डुवानमा परेका स्वास्थ्यसंस्थामा औषधिहरु कसरी व्यवस्थापन गर्ने र स्वास्थ्यसंस्था कसरी सञ्चालन गर्ने भनेर प्रदेश स्वस्थ्य कार्यलयहरुसँग समन्वय र छलफल भइरहेको छ ।’

भण्डारीका अनुसार अन्य जिल्लाका स्वास्थ्यसंस्थाको अवस्थामा भने सामान्य रहेको छ । यस्तै वर्षापछि पाल्लामा झाडापखलाको प्रकोप देखिएको छ।

उनले भने, ‘पाल्पामा असार २५ गतेदेखि झाडापखालाको प्रकोप बढेको छ । झाडापखालाबाट बिरामी परेका ६० को उपचार गरिएको छ । बिरामीको संख्या बढ्न सक्छ ।’ समयमै उपचार भएकाले महामारीको अवस्था नरहेको भण्डारीले बताए ।

बाढी पहिरोमा पनि सयौं घरपरिवार विस्तापित बनेका छन् । बाढी प्रभावित क्षेत्रमा पानीजन्य र किटजन्य रोग फैलिन सक्ने चिकित्सकहरुले बताएका छन् ।
बाढी पहिरोपछि देखिनसक्ने रोग तथा महामारी व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म संयन्त्र बनाइएको भण्डारीले बताए ।

‘वर्षापछि देखिनसक्ने रोग तथा महामारी नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालय, प्रदेश र प्रदेशभित्रका प्रदेश स्वास्थ्यकार्यलयहरु तयारी अवस्थामा छन्,’ उनले भने, ‘उद्धार र उपचारका लागि प्रदेश र स्थानीय तहमा बजेट पहिलादेखि नै छ, विपदमा हुनसक्ने जोखिम न्युनिकरणको लागि हामीले पहिला नै सम्पर्क व्यक्ति तोकिसकेका थियौं ।’

संघ, प्रदेश र स्थानीय तहमा रोग तथा महामारी नियन्त्रणका लागि संयन्त्रहरु तयारी अवस्थामा रहेकाले कुनै रोग तथा प्रकोप देखिएपनि सरकारले समयमै रोग प्रकोप व्यवस्थापन गर्ने भण्डारीको भनाइ छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा देखिन सक्ने रोग तथा माहमारी नियन्त्रण तथा समन्यवका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ७ वटै प्रदेशहरुमा पनि छलफल भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, टाइफाइड रोगको प्रकोप देखिन सक्ने भन्दै खानेपानी र सरसफइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ०७ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको