बाढी पहिरोले निम्त्यायो स्वास्थ्य समस्या : पाल्पामा झाडापखाला, प्रदेश-२ मा ६ स्वास्थ्य संस्था डुबे « Khabarhub

बाढी पहिरोले निम्त्यायो स्वास्थ्य समस्या : पाल्पामा झाडापखाला, प्रदेश-२ मा ६ स्वास्थ्य संस्था डुबे


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण आएको बाढी र पहिलोमा परी हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । यस्तै ३५ जना वेपत्ता भएका छन् ।

बाढी पहिरोको यति विपत्तमा स्वास्थ्य क्षेत्रमा पनि समस्या उत्पन्न भएको छ । अस्वस्थकर खानपान, दूषित पानी, डुबानको प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या पनि देखिएको छ ।

बाढी प्रभावित क्षेत्र प्रदेश २ का प्रदेश स्वास्थ्य कार्यलय र स्वास्थ्यसंस्थासमेत डुवानमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आपतकालिन तथा विपद व्यवस्थापन इकाईका प्रमूख चुडामणि भण्डारीले बताए ।

प्रदेश दुईमा सप्तरीमा २, रौतहतका २ र महोत्तरीमा एउटा स्वास्थ्य संस्था डुबान परेको भण्डारीले बताए ।

‘प्रदेश २ का सप्तरी, रौतहट र महोत्तरीमा गरी ६ वटा स्वास्थ्यसंस्था डुवानमा परेका छन् । तीमध्ये रौतहतको प्रदेश स्वास्थ्य कार्यलयमा भएको औषधिहरु पनि डुवानमा परेको छ,’ भण्डारीले भने, ‘ती डुवानमा परेका स्वास्थ्यसंस्थामा औषधिहरु कसरी व्यवस्थापन गर्ने र स्वास्थ्यसंस्था कसरी सञ्चालन गर्ने भनेर प्रदेश स्वस्थ्य कार्यलयहरुसँग समन्वय र छलफल भइरहेको छ ।’

भण्डारीका अनुसार अन्य जिल्लाका स्वास्थ्यसंस्थाको अवस्थामा भने सामान्य रहेको छ । यस्तै वर्षापछि पाल्लामा झाडापखलाको प्रकोप देखिएको छ।

उनले भने, ‘पाल्पामा असार २५ गतेदेखि झाडापखालाको प्रकोप बढेको छ । झाडापखालाबाट बिरामी परेका ६० को उपचार गरिएको छ । बिरामीको संख्या बढ्न सक्छ ।’ समयमै उपचार भएकाले महामारीको अवस्था नरहेको भण्डारीले बताए ।

बाढी पहिरोमा पनि सयौं घरपरिवार विस्तापित बनेका छन् । बाढी प्रभावित क्षेत्रमा पानीजन्य र किटजन्य रोग फैलिन सक्ने चिकित्सकहरुले बताएका छन् ।
बाढी पहिरोपछि देखिनसक्ने रोग तथा महामारी व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म संयन्त्र बनाइएको भण्डारीले बताए ।

‘वर्षापछि देखिनसक्ने रोग तथा महामारी नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालय, प्रदेश र प्रदेशभित्रका प्रदेश स्वास्थ्यकार्यलयहरु तयारी अवस्थामा छन्,’ उनले भने, ‘उद्धार र उपचारका लागि प्रदेश र स्थानीय तहमा बजेट पहिलादेखि नै छ, विपदमा हुनसक्ने जोखिम न्युनिकरणको लागि हामीले पहिला नै सम्पर्क व्यक्ति तोकिसकेका थियौं ।’

संघ, प्रदेश र स्थानीय तहमा रोग तथा महामारी नियन्त्रणका लागि संयन्त्रहरु तयारी अवस्थामा रहेकाले कुनै रोग तथा प्रकोप देखिएपनि सरकारले समयमै रोग प्रकोप व्यवस्थापन गर्ने भण्डारीको भनाइ छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा देखिन सक्ने रोग तथा माहमारी नियन्त्रण तथा समन्यवका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ७ वटै प्रदेशहरुमा पनि छलफल भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, टाइफाइड रोगको प्रकोप देखिन सक्ने भन्दै खानेपानी र सरसफइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १२ : ०७ बजे

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा

हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने

काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा