कुवेतमा आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी, ३ नेपालीको मृत्यु « Khabarhub

कुवेतमा आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी, ३ नेपालीको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — कुवेतको एक आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी हुँदा ३ जना नेपालीले ज्यान गुमाएका छन् ।

जसमध्ये दुई महिला र एक पुरुष कामदार रहेका छन् । आगलागीमा दुईजना गम्भीर घाइते भएका छन् भने १२ जनाको उद्धार गरिएको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको महाबुल्ला-२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी भएको थियो । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, गौरी दर्जी र अप्सरा कामी रहेका छन् । अप्सरा र गौरीको ठेगाना खुलेको छैन ।

गत शनिबार राति १२ बजेर २७ मा आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ । नमहाबुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : ०७ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले