बंगलादेशका पूर्व राष्ट्रपति एर्शादको निधन « Khabarhub

बंगलादेशका पूर्व राष्ट्रपति एर्शादको निधन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्शादको ९० वर्षको उमेरमा निधन भएको छ ।

उनको राजधानी ढाकास्थित सैनिक अस्पतालमा निधन भएको बंगलादेशको द डेली स्टार अखबारको अनलाइन संस्करणले जनाएको छ । बंगलादेशको जातीय पार्टीका प्रमुख तथा बंगलादेशको जातीय संगसदमा विपक्षी दलका नेता समेत रहेका उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको हो ।

उनी विभिन्न रोगहरुबाट पीडित थिए । गत जुन २६ मा उनलाई अस्पताल भर्ना गरिएको थियो । फोक्सो र मृगौलामा समस्या आएपछि गत जुन २० यता उनलाई अक्सिजनको सहारामा सघन उपचार कक्ष आईसीयूमा राखिएको थियो ।

उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि केही दिन सार्वजनिक राखेर आगामी मंगलबार ढाकास्थित सैनिक चिहानमा अन्त्यष्टि गरिनेछ ।

उनले सन् १९८२ मा तत्कालिन राष्ट्रपति अब्दुस सत्तारविरुद्ध रक्तपातविहीन सैनिक कू गरी बंगलादेशमा शासन शुरु गरेका थिए । सन् १९९० को आन्दोलनपछि उनले राष्ट्रपतिको पद त्यागेका थिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : ५६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई