चौरीदेउरालीका १५ घरपरिवार पहिरोको उच्च जोखिममा « Khabarhub

चौरीदेउरालीका १५ घरपरिवार पहिरोको उच्च जोखिममा


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ र ५ वडामा पहिरो गई १५ घरपरिवार उच्च जोखिममा रहेका छन् । वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं ४ मजुवाका १० घरपरिवार र वडा नं ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका हुन् ।
“वडा नं ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घरहरु निकै जोखिममा परेका छन्”, वडाध्यक्ष गौतमले भने, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाईं र नवराज चौलागाईं घर छाडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्ने अवस्थामा रहेको उनले बताए ।

वडा नं ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमाथि बाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेका जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष दीननाथ गौतम, उपाध्यक्ष तारा चौलागाईं र वडा नं ५ का वडाध्यक्ष गौतमले जोखिममा परेका तथा विस्थापित परिवारहरुको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारहरुलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
त्यस्तै वडा नं ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि कामदारहरु सुरक्षित स्थानतर्फ सरिसकेका वडाध्यक्ष गौतमले बताए ।

मृतकका परिवारलाई राहत

घरमाथि बाट पहिरो आई घर भत्केर निधन भएका बनेपा नगरपालिका–३ चुनातालका दङ्गाल परिवारलई गृहमन्त्रालयबाट उपलब्ध रकम आज वितरण गरिएको छ ।

प्रजिअ उदयबहादुर राना मगर नेतृत्वको टोलीले निधन भएका गोमा दङ्गाल र सुहाबी दङ्गालको घरमा नै पुगेर घरमुली रामप्रसाद दङ्गाललाई नगद रु दुई लाख हस्तान्तरण गरेका हुन् ।
गृह मन्त्रालयले बाढीपहिरोमा परी दुःखद निधन भएका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेअनुरुप उक्त रकम वितरण गरिएको हो । सो क्रममा नेपाल रेडक्रस सोसाइटी र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट उपलब्ध गराइएको राहत सामग्रीसमेत प्रजिअ मगरले हस्तान्तरण गरे ।

यसैबीच घाइतेको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बनेपा नगरपालिकाले व्यहोर्ने नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले जानकारी दिए । उनले तत्कालका लागि मृतक एक जना बराबर रु पाँच हजारका दरले रकम उपलब्ध गराउने र थप सहयोगका लागि कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गर्ने बताए ।

अविरल वर्षाका कारण यही असार २७ गते बिहान माथिबाट पहिरो आई घर भत्किँदा दुई जनाको घटनास्थलमा नै निधन भएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : २९ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा