चौरीदेउरालीका १५ घरपरिवार पहिरोको उच्च जोखिममा | Khabarhub Khabarhub

चौरीदेउरालीका १५ घरपरिवार पहिरोको उच्च जोखिममा


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ र ५ वडामा पहिरो गई १५ घरपरिवार उच्च जोखिममा रहेका छन् । वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं ४ मजुवाका १० घरपरिवार र वडा नं ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका हुन् ।
“वडा नं ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घरहरु निकै जोखिममा परेका छन्”, वडाध्यक्ष गौतमले भने, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाईं र नवराज चौलागाईं घर छाडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्ने अवस्थामा रहेको उनले बताए ।

वडा नं ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमाथि बाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेका जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष दीननाथ गौतम, उपाध्यक्ष तारा चौलागाईं र वडा नं ५ का वडाध्यक्ष गौतमले जोखिममा परेका तथा विस्थापित परिवारहरुको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारहरुलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।
त्यस्तै वडा नं ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि कामदारहरु सुरक्षित स्थानतर्फ सरिसकेका वडाध्यक्ष गौतमले बताए ।

मृतकका परिवारलाई राहत

घरमाथि बाट पहिरो आई घर भत्केर निधन भएका बनेपा नगरपालिका–३ चुनातालका दङ्गाल परिवारलई गृहमन्त्रालयबाट उपलब्ध रकम आज वितरण गरिएको छ ।

प्रजिअ उदयबहादुर राना मगर नेतृत्वको टोलीले निधन भएका गोमा दङ्गाल र सुहाबी दङ्गालको घरमा नै पुगेर घरमुली रामप्रसाद दङ्गाललाई नगद रु दुई लाख हस्तान्तरण गरेका हुन् ।
गृह मन्त्रालयले बाढीपहिरोमा परी दुःखद निधन भएका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेअनुरुप उक्त रकम वितरण गरिएको हो । सो क्रममा नेपाल रेडक्रस सोसाइटी र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट उपलब्ध गराइएको राहत सामग्रीसमेत प्रजिअ मगरले हस्तान्तरण गरे ।

यसैबीच घाइतेको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बनेपा नगरपालिकाले व्यहोर्ने नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले जानकारी दिए । उनले तत्कालका लागि मृतक एक जना बराबर रु पाँच हजारका दरले रकम उपलब्ध गराउने र थप सहयोगका लागि कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गर्ने बताए ।

अविरल वर्षाका कारण यही असार २७ गते बिहान माथिबाट पहिरो आई घर भत्किँदा दुई जनाको घटनास्थलमा नै निधन भएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : २९ बजे

चाउचाउ नियमित खाजा किन होइन ? कस्तो छ सरकारले तोकेको गुणस्तर ?

काठमाडौं – गत वैशाख १२ गते काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ

भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन 

भद्रपुर– भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं– मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि

स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द

धुलिखेल– अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको प्रतिक्रिया  कस्तो छ ?

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण