खेलकुद

च्याम्पियनन्स लिगमा रियल मड्रिड विजयी

By खबरहब

February 14, 2019

एजेन्सी– करिम बेञ्जिमा र मार्को एसेन्सियोले एक—एक गोल गर्दा रियल मड्रिडले च्याम्पियन्स लिग अन्तरर्गत अन्तिम १६ को पहिलो लेगमा अजाक्सविरुद्ध संघर्षपूर्ण जीत हात पारेको छ ।

साविक विजेता रियलले अजाक्सलाई उसैको घरेलु मैदान जोहान क्रुयुजेफ एरिना २—१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार राति घरेलु मैदानमा रियललाई पहिलो हाफसम्म गोलरहित बराबरी रोकेको अजाक्स ६० औं मिनेटमा लय गुमाउँदा १—० गोल अन्तरले रियलसँगपछि परेको थियो ।

बेञ्जिमाको गोलपछि पुन लय समात्न सफल अजाक्सका लागि हाकिम जियाभले ७५ औं मिनेटमा रियलविरुद्ध गोल फर्काउँदै खेललाई १—१ बराबरी बनाएको थियो ।

रोमाञ्चक खेलको ८७ औं मिनेटमा रियलका लागि असिन्सीयोले गोल गर्दै टिमलाई जीत दिलाएका थिए । पहिलो लेगमा पराजित अजेक्सले मार्च ५ मा पुन रियलविरुद्ध वर्नवाउमा प्रतिस्पर्धा गर्नेछ ।