भ्यालेनटाइन डेमा हेर्नुहोस् – यी ८ लभस्टोरी नेपाली ‘हिट’ फिल्म « Khabarhub

भ्यालेनटाइन डेमा हेर्नुहोस् – यी ८ लभस्टोरी नेपाली ‘हिट’ फिल्म


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो स्वभाविक हो, प्रायः फिल्ममा लभस्टोरी कतै न कतै जोडिएकै हुन्छ । नेपालमा लभस्टोरीलाई नै विषय बनाएर कैयन् फिल्म निर्माण भएका छन् । तीमध्ये कतिले व्यावसायिक रुपमा सफलता कमाएका छन् भने कतिले दर्शकको प्रतिक्रिया पाए पनि राम्रो प्रतिक्रिया पाउन सकेका छैनन् । नेपाली फिल्ममा लभस्टोरी जानरामै निर्माण भएका फिल्महरु पनि दर्शकको रुचिअनुसार फरक–फरक मन पर्ने स्वभाविक हुन्छ । दर्शकलाई मन पर्ने ती कैयन् फिल्ममध्ये प्रेमकथामा आधारित कुन–कुन फिल्म हेर्दा ठीक होला?

केही फिल्मलाई लिएर हामीले आठ फिल्मको सूची बनाएका छौँ । यसको अर्थ यी फिल्म अरु फिल्मभन्दा निकै फरक र गज्जब भन्ने होइन ।

तर, खबरहबको मनोरञ्जन टिमले यी दश फिल्म सिफारिस गरेको छ । यदि तपाईं नेपाली फिल्मको नियमित दर्शक हो भने त पक्कै पनि यी फिल्म हेर्नुभएको होला । हेर्नुभएको छैन भने पनि यी फिल्मले तपाईंको लभस्टोरी फिल्म हेर्ने रहरलाई केही हदसम्म पूरा गर्न सक्छन्ः

सानो संसार

कर्मा र नम्रता श्रेष्ठको जोडी रहेको यो फिल्म नेपाली फिल्म उद्योगको एउटा त्यस्तो फिल्म हो, जुन फिल्मले तत्कालीन नेपाली फिल्मको बजारलाई नै फरक तरिकाले वर्णन गरेको थियो । यो फिल्मलाई आलोक नेम्बाङले निर्देशन गरेका हुन् । सन् २००८ मा रिलिज भएको यो फिल्मले एउटा सुन्दर प्रेमकथालाई प्रस्तुत गरेको छ । अहिले पनि एउटा गज्जबको प्रेमकथा भएको फिल्मका रुपमा यो फिल्मलाई हेर्ने गरिन्छ ।

मेरो एउटा साथी छ

अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय रहेको यो फिल्म एक कोरियन फिल्मबाट प्रभावित थियो । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्मलाई नेपालमा बनेका लभस्टोरी फिल्ममध्ये स्तरीय फिल्मका रुपमा लिने गरिन्छ । यो फिल्मबाट कलाकारले मात्र होइन, निर्देशन सुदर्शन थापाले पनि वाहवाही बटुलेका थिए ।

नाइँ नभन्नू ल

विकास आचार्यले निर्देशन गरेको यो फिल्ममा जीवन लुइँटेल, ऋचा सिंह ठकुरी, सुमन सिंह लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मपछि निर्देशकले यसका अन्य सिक्वेल बनाउँदै ‘नाइँ नभन्नू ल ५’ सम्म आइपुगेका छन् । लभस्टोरी रुचाउने दर्शकले पाँचवटै सिरिजलाई रुचाएका छन् । यो फिल्मले बालबालिकाको आँखाबाट प्रेमको परिभाषा भन्न खोजिएको छ ।

प्रेम गीत

प्रदीप खड्का र पूजा शर्माको जोडी रहेको यो फिल्म नेपाली लभस्टोरी फिल्महरुमा राम्रोमध्ये एक मानिन्छ । फिल्ममा प्रदीप र पूजाको जोडीलाई दर्शकले यति रुचाए कि, यसको नाम सापटी लिएर ‘प्रेम गीत २’ पनि बन्यो । उक्त फिल्मले पनि यात्राका क्रममा भेटिने एक जोडीको कथालाई उठाएको छ । यो फिल्म प्रदीप र पूजाको करिअरका लागि पनि महत्त्वपूर्ण फिल्म हो ।

लभ सासा

कर्मा शाक्य र केकी अधिकारीको जोडी रहेको यो फिल्म पछिल्लो समयमा रिलिज भएको फिल्ममा तारिफ पाएको फिल्ममा पर्छ । यद्यपि यो फिल्मले व्यावसायिक सफलता भने हात पार्न सकेन । यद्यपि फिल्म हेरेका दर्शकले फिल्म रुचाएका थिए ।

ए मेरो हजुर २

झरना थापाको डेब्यु निर्देशन रहेको यो फिल्ममा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी छ । यो फिल्ममा बाल्यकालको प्रेमको खोजीमा निस्केको एक युवाको कथा भन्छ ।

कुसुमे रुमाल

भुवन केसी र तृप्ति नाडकरको अभिनय रहेको यो फिल्मलाई तुलसी घिमिरले निर्देशन गरेका हुन् । सन् १९८५ ताका बनेको यो फिल्मलाई नेपाली फिल्म क्षेत्रमा बनेको स्तरीय लभस्टोरी फिल्मका रुपमा लिइन्छ ।

दर्पण छायाँ

कुनै जमानाको सुपरहिट फिल्म दर्पण छायाँलाई तुलसी घिमिरेले नै निर्देशन गरेका हुन् । यो फिल्ममा निरुता सिंह, दिलिप रायमाझी, उत्तम प्रधान लगायतका कलाकारको अभिनय छ । यही फिल्मको क्रेडिट लिँदै निर्देशक घिमिरेले ‘दर्पण छायाँ २’ पनि निर्माण गरे । तर, यो फिल्म आशा गरिएअनुरुप चलेन ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ६ : १५ बजे

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी

साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’  

काठमाडौं‍– तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती