देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन– एक वर्षमा जग बसाल्यौं, अब विकास हुन्छ | Khabarhub Khabarhub

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन– एक वर्षमा जग बसाल्यौं, अब विकास हुन्छ


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्ष समृद्धिको आधार वर्ष भएको बताएका छन् ।

सरकार नेतृत्वको एक वर्ष पुगेको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री  ओलीले आफूले पहिलो वर्षलाई समृद्धिको आधार वर्षको रुपमा लिएको बताएका हुन् ।

यो एक वर्ष पाँच वर्षको मात्र नभएर भविष्यको आधार वर्ष समेत भएको प्रधानमन्त्रीको भनाइ छ । तर आलोचक र विपक्षीले भने केही भएन भन्दै टिप्पणी गरेकोप्रति प्रधानमन्त्रीले कटाक्ष गरे । ‘कसैले जगलाई हेरेर कोठा, चोटा र छाना खोइ भन्यो भने के लाग्छ ?’, सम्बोधनमा प्रधानमन्त्रीले भने, ‘मैदान सम्याउँदा र जग खन्दा नै अवरोध गर्नेहरुले खै छाना ? भनिरहेका छन् ।’

उनले केही मानिसमा विकासमाथि नै पूर्वाग्रह देखिएको आरोप लगाएका छन् ।

पहिलो वर्ष संघीयता कार्यान्वयन, कानूनको निर्माणमा सरकार केन्द्रित भएको र यसले आगामी वर्षको लागि आधार तय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘संघीयता कार्यान्वयनमा आएको छ, स्थानीय तहसँग शक्ति हस्तान्तरण गरिएको छ’, प्रधानमन्त्री ओलीले भने,‘स्थानीय सरकारको रुपमा स्थापित पालिकाहरु चलाउने व्यवहारिक ज्ञान कम हुनु अस्वभाविक होइन । प्रदेश तहको संरचना विल्कुलै नयाँ कुरा हो जसको थिति बसाल्न समस्या परिरहेको छ, तर गर्नुपर्छ ।’

वित्तीय संघीयता कार्यान्वयको काम बढी चुनौतीपूर्ण देखिएको ओलीले बताए । प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन भएका देशहरुको अवस्था हेर्दा आफूहरुले निकै उपलब्धि हासिल भएको दावी गरे ।

कानून निर्माण

प्रधानमन्त्री केपी ओलीले आफ्नो सम्बोधन तथ्यांकसहित प्रस्तुत गरेका छन् । सरकारले एक वर्षको अवधि कानून निर्माणमा महत्वपूर्ण काम गरेको सम्बोधनमा ओलीले उल्लेख गरेका छन् । यस बीचमा २५ कानून संघीय संसदबाट पारित भएको , २३ विधयेक प्रस्तुत भएर विचाराधीन रहेको, ४७ नियमावली जारी भएकाे लगायतका तथ्य सम्बोधनमा प्रधानमन्त्रीले प्रस्तुत गरे ।

लगानीको लागि उपयुक्त वातावरण

प्रधानमन्त्रीले एक वर्षको अवधिमा देशमा लगानीको उपयुक्त वातावरण निर्माण भएको बताएका छन् ।

लगानीमैत्री वातावरणका लागि ऐन नियम निर्माणको काम अघि बढाइएको प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् । स्वदेशी मात्र होइन विदेशीलाई पनि नेपालमा लगानी गर्न आह्वान गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

चैतमा हुने लगानी सम्मेलनको तयारी पूरा भएको, थिंक ट्यांकको गठन प्रकृया लगायमा उपलब्धी हासिल भएको प्रधानमन्त्रीको भनाइ छ ।
सरकारको प्रगतिले पोलेकाहरुले मिथ्यांकलाई प्रस्तुत गरिरहेको आरोप ओलीले लगाए ।

प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गर्नुपर्ने जति काम गर्न नसकिएको आफूलाई पनि थाहा भएको बताए ।

‘मलाई समस्याहरु छन् भन्ने पनि थाहा छ, जति गर्नुपर्ने हो त्यति भएको छैन भन्ने थाहा छ ।’, प्रधानमन्त्री ओलीले भने,‘ जनताको चाहना छ सरकारको  गाडी ५ नम्बरमा कुदोस् तर गियर विस्तारै मात्र बढाउन सकिन्छ भन्ने विनम्र अनुरोध गर्न चाहन्छु ।’

जनताको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थल २२ घन्टा सञ्चालन, उर्जा क्षेत्रमा भएका महत्वपूर्ण सम्झौता, सडकहरु निर्माण र विस्तार, रेलमार्गको विस्तार, तुइनको विस्थापन, नवलपरासीमा फलाम भण्डारको पहिचान, पेट्रोलियम पाइपलाइन विस्तार, फास्ट ट्रयाकको काम लगायतलाई सरकारले एक वर्षमा गरेका कामको उपलब्धिका रुपमा प्रधानन्त्री ओलीले प्रस्तुत गरे ।

प्रधानन्त्री ओलीले विदेशसँगको कुटनीतिक सम्बन्धमा सुधार आएको दाबी गरे । उनले सम्बोधनमा भने,‘ यो एक वर्षमा छिमेक नीति र परराष्ट्र नीतिमा उल्लखेख्य सुधार भएको छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको आकर्षण बढेको  ओलीको भनाइ थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना लगायत सरकारले महत्वपूर्ण काम गरेको प्रधानमन्त्री बताए ।  महंगी घटेको, उद्योगहरुको स्थापना बढेको प्रधानमन्त्रीको भनाइ थियो ।

नौ-नौ महिनामा नयाँ सरकार हेर्ने बानी परेको कारण सरकारले एक वर्ष कटाएको अनौठो मानिएको ओलीको टिप्पणी थियो । ‘नौ नौ महिनामा नयाँ सरकार हेर्ने अनौठो बानी परेका हामीलाई कामै गरेर सरकारले एक वर्ष कटायो भन्दा अनौठो लागेको हुनसक्छ’, ओलीले भने,‘बानी फेरौं नयाँ बानी बसालौं अब सरकार फेरिँदैन त्यही भएर बानी फेर्नुपर्छ ।’

विकासको कुरा गर्दा सपनामात्र ठानिएको ओलीले बताए । ‘पानी जहाज, जल-परिवहन, रेलको कुरा गर्दा यस्तो कुरा गर्ने भनिन्छ, यस्ता कुरालाई किन किन सपना मात्र ठानिन्छ ? प्रधानमन्त्रीले प्रश्न गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ३२ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने