मनोचिकित्सक डा. सरोज वझा : प्रेममा धोका पाउँदा ‘डिप्रेसन’ हुनसक्ने ! « Khabarhub

मनोचिकित्सक डा. सरोज वझा : प्रेममा धोका पाउँदा ‘डिप्रेसन’ हुनसक्ने !


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभरका प्रेम जोडीहरु प्रेमभाव व्यक्त गर्दै यो दिवस मनाए । प्रेम सबै प्राणीका लागि महत्पूर्ण कुरा हो ।

भनिन्छ –संसार माया र विश्वासमा अडिएको हुन्छ । तर यही प्रेमलाई बुझ्ने तरिका र प्रेममा आउने समस्यालाई सही तरिकाले समाधान गर्न सकेनौं भने त्यसको परिणाम गम्भीर नहोला भन्न सकिन्न । प्रेमलाई कतिले नबुझेर त कतिले बढी बुझेर मनोसामाजिक समस्याको शिकार बन्ने युगल जोडीहरु धेरै भएको वरिष्ठ मनोचिकित्सक डा. सरोज वझा बताउँछन् ।

‘प्रेम सबैको लागि महत्पूर्ण हुन्छ, तर पनि कतिपयमा यही प्रेमको कारण नकारात्मक प्रभाव परेको हुन्छ,’ डा. वझाले भने, ‘धेरैजसोमा प्रेममा धोका भएपछि मनोसामाजिक समस्या देखिन्छ ।’

प्रेम सम्बन्ध बिग्रिएपछि मनोवैज्ञानिक समस्याका कारण कतिपय युवायुवतीहरुमा आत्महत्याको भावना समेत आउने गरेको डा. वझा बताउछन् । ‘प्रेममा धोका खानेहरुमा मन डराउने (एन्जाइटी) र डिप्रेसन नै हुने समस्या रहेको हुन्छ’ डा वझाले बताए । प्रेममा धोका पाएपछि युवतीहरुमा डिप्रेसनको समस्या हुने र युवाहरुमा रक्सी सेवन गर्ने बानी रहेको डा. वझाको भनाइ छ ।

उनले भने, ‘प्रेममा धोका पाएपछि डिप्रेसनमा जानेहरुमा युवती बढी छन् भने, युवाहरु प्रेममा धोका पाएपछि रक्सीको कुलतमा फस्ने गर्छन् ।’
डा. वझाका अनुसार प्रेममा धोका पाउँदा युवायुवतीमा यस्तो परिवर्तन आउँछ-

  • दैनिक काम गर्न नसक्ने
  • काममा ध्यान नजाने
  • स्मरण शक्ति कमजोर भएको महशुस हुने
  • निन्द्रा नलाग्ने
  • भोक नलाग्ने
  • मन उदास हुने
  • कुनै कुरामा पनि खुशी नहुने
  • बाच्नु नै व्यर्थ लाग्न थाल्ने

प्रेम सम्बन्ध बिग्रंदा यस्ता समस्या १५ देखि २५ वर्ष उमेरसमूहका युवायुवतीमा बढी रहेको डा. वझाले बताए । विभिन्न कारणले प्रेम सम्बन्धमा समस्या हुँदा तनाव नियन्त्रण गर्न नसक्दा उनीहरुमा कडा खालको डिप्रेसन समेत हुनसक्ने र आत्महत्याको सोच नै आउन सक्ने डा. वझाले बताए ।

किन आउछ यस्तो सोच ?

प्रेम सम्बन्धमा रहँदा युवायुवतीहरु एकअर्कालाई पूर्ण रुपमा विश्वास गर्छन् । आफ्नो सबै कुराहरु एकअर्कामा साटासाट गर्छन् । किशोराअवस्थामा प्रवेश गर्दै गरेका युवायुवतीहरु पढाई, जागिर, भविष्य र परिवारको विषयमा पनि सोचिरहेका हुन्छन् ।

यो समयमा उनीहरुको जीवनमा विभिन्न आरोहअवारोह र समस्याहरु आउँछन् । त्यो समयमा सानातिना कुराले पनि प्रेम सम्बन्धमा असर पर्नसक्छ । तर प्रेम सम्बन्धमा आउने समस्याको पहिचान गरी समाधान गर्न नसक्नेहरु डिप्रेसन र कुलतमा फस्ने सम्भावना अधिक रहने डा. वझा बताउँछन् ।

उनी भन्छन्, ‘प्रेमसम्बन्धलाई बलियो र दिगो बनाउन एकअर्कामा विश्वास र सकारात्मक सोचको भावना हुन जरुरी हुन्छ ।’

प्रेमरोगीको उपचार यसरी हुन्छ

शुरुमा कसैले धोका दियो भनेर दुखी भएकाहरु पछि नचाहँदा नचाहँदै पनि धेरै तनाव महशुस गर्न थाल्छन् । विस्तारै पुराना घटनाहरु बिसर्न प्रयास गर्छन् तर बिर्सन सक्दैनन् । आफूले चाहेर पनि तनाव नियन्त्रण गर्न नसक्ने तथा कुलतमा लागेर छुटाउन नसक्ने कतिपय युवायुवती अन्त्यमा मनोचिकित्सककोमा पुग्ने गर्छन् ।

‘हामी कहाँ मायामा धोका पाए, धेरै तनाव महशुस हुन्छ काम गर्नै मन लाग्दैन भन्दै युवायुवतीहरु आउँछन्, डा. वझा भन्छन्, ‘उनीहरुको अवस्था हेरेर हामीलाई कस्तो प्रकारको मनोवैज्ञानिक असर परेको छ ? पत्ता लगाउँछौं र डिप्रेसनमा गइसकेकालाई ३ देखि ६ महिनाको औषधि पनि खान सल्लाह दिन्छौं ।’

प्रेमविना मानिसको जीवन अधुरो हुने भन्दै डाक्टर वझाले प्रेममा समस्या आएमा सम्बन्ध बिगार्न भन्दा पनि समस्या पहिचान गरी त्यसको समाधान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ६ : ५४ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ