वर्षा र सञ्जोगको सुटुक्क बिहे, तस्वीर बाहिरिए | Khabarhub Khabarhub

वर्षा र सञ्जोगको सुटुक्क बिहे, तस्वीर बाहिरिए


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्यालेनटाइन डेको अवसर पारेर नायक संजोग कोइराला र नायिका वर्षा राउतले बिहे गरेका छन् । दुई दिनअघि इङ्गेजमेन्ट गरेका वर्षा र संजोगले आज (बिहीवार) काठमाडौंमा हिन्दू परम्पराअनुसार बिहे गरेका हुन् ।

बिहेका लागि यो जोडीले सीमित कलाकार र आफन्तलाई मात्र निमन्त्रणा गरेका थिए । मिडियालाई भने प्रवेश दिइएको थिएन । मंगलवार इङ्गेजमेन्ट गरेका केही तस्वीर बाहिरिएसँगै वर्षा र संजोगको बिहेलाई लिएर फ्यानले चासो देखाएका थिए ।

तस्वीर – फोटो पसल

यो जोडीका बिहेका पनि सीमित तस्वीर सार्वजनिक बाहिरिए ।

वर्षा र सञ्जोगले सात वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । यी दुईको एक अडिसनका क्रममा भेट भएको थियो । लामो समय प्रेममा रहेका वर्षा र सञ्जोग मिडियामा पनि खुलेरै आफ्नो प्रेमका बारेमा बोल्ने गर्थे ।

बिहेको खबरसँगै यो जोडीलाई दर्शक तथा फिल्मकर्मीले बधाई तथा शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ९ : १३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’