वर्षा र सञ्जोगको सुटुक्क बिहे, तस्वीर बाहिरिए « Khabarhub

वर्षा र सञ्जोगको सुटुक्क बिहे, तस्वीर बाहिरिए


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्यालेनटाइन डेको अवसर पारेर नायक संजोग कोइराला र नायिका वर्षा राउतले बिहे गरेका छन् । दुई दिनअघि इङ्गेजमेन्ट गरेका वर्षा र संजोगले आज (बिहीवार) काठमाडौंमा हिन्दू परम्पराअनुसार बिहे गरेका हुन् ।

बिहेका लागि यो जोडीले सीमित कलाकार र आफन्तलाई मात्र निमन्त्रणा गरेका थिए । मिडियालाई भने प्रवेश दिइएको थिएन । मंगलवार इङ्गेजमेन्ट गरेका केही तस्वीर बाहिरिएसँगै वर्षा र संजोगको बिहेलाई लिएर फ्यानले चासो देखाएका थिए ।

तस्वीर – फोटो पसल

यो जोडीका बिहेका पनि सीमित तस्वीर सार्वजनिक बाहिरिए ।

वर्षा र सञ्जोगले सात वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । यी दुईको एक अडिसनका क्रममा भेट भएको थियो । लामो समय प्रेममा रहेका वर्षा र सञ्जोग मिडियामा पनि खुलेरै आफ्नो प्रेमका बारेमा बोल्ने गर्थे ।

बिहेको खबरसँगै यो जोडीलाई दर्शक तथा फिल्मकर्मीले बधाई तथा शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ९ : १३ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई