आफ्ना बालबालिकालाई लिटो खुवाउन यसरी घरमै बनाउनुहोस् सर्वोत्तम पिठो « Khabarhub

आफ्ना बालबालिकालाई लिटो खुवाउन यसरी घरमै बनाउनुहोस् सर्वोत्तम पिठो


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

शिशु जन्मिएपछि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ । ६ महिना पछि आमाको दुधबाहेक अन्य पौष्टिक तत्व भएका पोषिला ठोस आहार पनि खुवाउनु पर्छ । ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाका लागि पोसिलो खाद्यपदार्थ लिटो वा जाउलो हो ।

बालबालिकालाई खुवाउने लिटो बनाउनका लागि सर्वोत्तम पिठो आवश्यक पर्छ । प्राय आमाहरुले आफ्ना बालबालिकाका लागि बजारमा पाइने सर्वोत्तम पिठो किनेर लिटो बनाउने गर्छन् । तर, बालबालिकाका लागि बजारमा पाइने सर्वोत्तम पिठो गुणस्तर नहुन पनि सक्छ । त्यसैले बालबालिकाका लागि घरमै सर्वोत्तम पिठो बनाउन सकिन्छ ।

यसरी घरमै बनाउनुस् सर्वोत्तम पिठो

– सर्वोत्तम पिठो बनाउन सबैभन्दा पहिला चामल, गहुँ, मकै, जौं आदि तयार गर्ने,

– सर्वोत्तम पिठो बनाउन तयार पारीएको अन्न तथा गेडागुडीलाई राम्रोसँग केलाउने,

– अन्न तथा गेडागुडीमा भएका किरा, ढुङ्गा, माटो हटाउने,

– अन्न तथा गेडागुडी केलाएपछि हाँडीमा राखेर छुट्टाछुट्टै भुट्ने,

– भुटेको गेडागुडी तथा अन्नलाई फेरि राम्रोसँग केलाउने,

– भुटेको गेडागुडीलाई राम्रोसँग पिँध्ने र बोक्रा फाल्ने, पुनः मसिनो बनाएर पिँध्ने,

– भुटेको अन्नलाई छुट्टै मसिनो गरेर पिँध्ने, आवश्यक भए मसिनो जालीमा राखेर छान्ने,

– छुट्टाछुट्टै भुटेर, पिँधेको पिठोलाई दुई भाग अन्नको पिठो र एक भाग गेडागुडीको पिठोलाई तौलेर सफा र सुख्खा भाँडोमा राम्रोसँग मिश्रण गर्ने,

– यसरी मिसाइउको सर्वोत्तम पिठो सफा एवम् सुख्खा बट्ठा, शिशी वा पोलिथिनमा हावा नछिर्ने गरी प्याक गर्ने,

– सर्वोत्तम पिठोलाई सफा उम्लेको तातोपानीमा राखी स्वाद अनुसार चिनी र घिउ राखेर एक छिन चलाएर नरम हुनेगरी फिटेर बाबालिकालाई खुवाउने ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १२ : १८ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी