रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको हो।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।

राइट टु रिकलका लागि ११ सदस्यीय समिति
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।
मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?
प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी ठगी मुद्दामा ३० लाख रुपैयाँ धरौटी जमानत बसिदिएका डा. मनोहर प्रधानलाई पार्टीको कोषाध्यक्ष बनाएका छन्।
शुक्रबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमार्फत् रविले गृहजिल्ला चितवनका प्रधानलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन्। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने थुनामुक्त हुँदा प्रधानले २०८२ साउनमा ३० लाख रुपैयाँको जमानत दिएका थिए।

प्रधान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडीजीपी (डक्टर अफ मेडिसिन इन जनरल प्राक्टिस एन्ड एमर्जेन्सी मेडिसिन) गरेका चिकित्सक हुन्।
उनी हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। चितवन निवासी प्रधान रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय थिए।
लामिछानेलाई चितवनबाट निर्वाचित गराउन पनि प्रधानले महत्त्वपूर्ण भूमिका खेलेको रास्वपाका एक नेताले दाबी गरेका छन्।
प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !
वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ
रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू
चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरु जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन् ।
नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको दोलखाका लोकनायकहरु पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका हुन् ।

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्ने बताए ।
शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्
कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक
‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’
देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ
अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?
आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु
अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम
सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री
साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए
यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय बालक सिवान तामाङ दुई दिनपछि सकुशल भेटिएका छन् ।
मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवानले पछ्याएका थिए । उनी हजुरआमालाई पछ्याउँदै जंगलमा छिरेका थिए । हजुरआमालाई पछ्याउँदै छिरेपछि उनी बाटो बिराएर उनी घना जंगलभित्र पुगेर हराएका थिए।

सिवानका आमाबुवा रोजगारीका लागि भारतमा छन् । त्यहीकारण उनी डेढ वर्षदेखि मामाघरमै बस्दै आएका थिए।
बालक हराएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीले संयुक्त रूपमा खोजी थालेका थिए। रातदिन नभनी गरिएको खोजीका क्रममा दुई दिनपछि बालकलाई सकुशल भेटिएको हो ।
रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर
रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर
मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत गर्नेदेखि विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नेसम्मका ११ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, भदौ ४ र ५ गते भारतमा आयोजना हुने सीमा व्यवस्थापनसम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।
सरकारले एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको सब–सेन्टर ९शाखा० नेपालमा स्थापना गर्नसमेत स्वीकृति दिएको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी गराउने निर्णय पनि भएको छ।
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय
कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै
रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल
चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट
संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने प्रयास गरिरहेको देखिन्छ ।

“हामी हाम्रा पशुपालकहरूलाई सहयोग गर्न काम गरिरहेको भएपनि आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ‘ग्राउन्ड बीफ’ का लागि तीन लाख मेट्रिक टनसम्मको उत्पादनलाई कोटाबाहिरको भन्साररहित आयात गर्न अनुमति दिनेछ,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । अमेरिकी राष्ट्रपतिले कुन–कुन देशले यो बीफ निर्यात गर्ने भन्ने कुरा उल्लेख गरेका छैनन् ।
विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद
केन्यामा हात्ती मर्न थालेपछि चिन्ता
फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु
मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता
स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल
व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?
किएभमा रूसी हमलामा १२ जनाको मृत्यु
युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो दूरीको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन्।
पछिल्ला महिनामा रूस र युक्रेनले हवाई आक्रमण तीव्र बनाएपछि साढे चार वर्षदेखि जारी युद्धमा सर्वसाधारणमाथिको जोखिम बढेको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोले रातभर भएको आक्रमणबाट आवासीय क्षेत्र, गोदाम, स्वास्थ्य संस्था र शैक्षिक प्रतिष्ठानमा क्षति पुगेको बताए।
किएभ क्षेत्रको ब्रोभरी जिल्लामा पनि एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर टाकाचेन्कोले बताए। उनका अनुसार एउटा औद्योगिक प्रतिष्ठानमा समेत क्षति पुगेको छ ।
जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु
इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित
खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका












प्रतिक्रिया