रियलबाट पोग्वाका लागि आएका सबै प्रस्ताव युनाइटेडद्वारा अस्वीकार « Khabarhub

रियलबाट पोग्वाका लागि आएका सबै प्रस्ताव युनाइटेडद्वारा अस्वीकार


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड स्टार खेलाडी पाउल पोग्वाका लागि स्पेनिस क्लब रियल मड्रिडबाट आएका सबै प्रस्ताव अस्वीकार गरेको छ ।

स्पेनको सरुवा बजार खुल्ला रहँदा रियलले पोग्वाका लागि युनाइटेडसँग प्रस्ताव राखे पनि युनाइटेडले सबै प्रस्ताव अस्वीकार गरेको इएसपीएनले जनाएको छ ।

ला लिगाको सरुवा बजार सेप्टेम्बर २ सम्म खुल्ला रहने हुँदा रियलले युनाइटेडसँग प्रस्ताव गरेको थियो । रियल १ सय८० मिलियन पाउण्ड दिने प्रस्ताव गरेपनि युनाइटेडले पोग्वाको रिप्लेसमेन्ट नभेटाउँदा रियलको प्रस्ताव अस्वीकार गरेको हो ।

आइतबार बिहान भएको प्रिमियर लिगको पहिलो खेलमा चेल्सीलाई ४–० गोलले पराजित गर्दा पोग्वाले भनेका थिए,‘अझै पनि मेरो भविष्यलाई लिएर प्रश्न यथावत छ ।’

त्यस्तै, पोग्वाले अघिल्लो सिजनको अन्त्य देखि नै नयाँ चुनौतिका लागि तयार रहेको बताउँदै आएपनि युनाइटेडले उनलाई बाहिर पठाउन भने सकेको छैन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : ५९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी