श्वेता तिवारीकी छोरीले भनिन्, सौतेला बुबाले यस्ता कमेन्ट गर्थे कि… « Khabarhub

श्वेता तिवारीकी छोरीले भनिन्, सौतेला बुबाले यस्ता कमेन्ट गर्थे कि…


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

टिभी कलाकार श्वेता तिवारीले आफूले घरेलु हिंसामा परेको भन्दै हालै उजुरी दिएकी छिन् । यो खबरसँगै यो विषय चर्चामा आएको छ ।

श्वेताको पहिलो बिहे घरेलु हिंसाका कारण असफल भएको थियो । पछि उनले अभिनवसँग दोस्रो बिहे गरेकी थिइन् । श्वेताले यो पनि भनेकी थिइन् कि अभिनवले आफ्नी सौतेली छोरी पलकसँग पनि दुर्व्यवहार गर्ने गर्थे ।

श्वेता र उनका पूर्वपति राजा चौधरीकी छोरी हुन् पलक ।

पलकले पनि आफ्ना बाबुप्रति आरोप लगाएकी छिन् । उनले इन्स्टाग्राममका माध्यमबाट दर्शकलाई धन्यवाद दिँदै लेखेकी छिन् कि, घरभित्र के हुन्छ, तपाईंलाई थाहा हुँदैन । मेरी आमाले दुवै बिहेमा धैर्य देखाइन् ।

पलकले अगाडि लेखिन्, मेरा सौतला बुबाले मलाई कहिल्यै पनि गलत तरिकाले छोएनन् । शारीरिक शोषण गरेनन् । तर उनले यस्ता कमेन्ट गर्थे कि, जो कुनै पनि महिलालाई सुनाउँदा लाज लाग्छ । तपाई‍ं यस्ता खालका कुरा आफ्ना बुबालाई सुनाउन मन पराउनुहुन्न ।

राजा चौधरीको पनि प्रतिक्रिया

श्वेताका पूर्वपति तथा पलकका पिता राजा चौधरीले यो घटनापछि चिन्ता व्यक्त गरेका छन् । उनले एक पिताका लागि यो चिन्ताको विषय भएको बताएका छन् । उनी पलकसँग सम्पर्कमा भएको पनि बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : २७ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ