काठमाडौं– आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साढे १६ लाख म्यादी बीमाको बीमालेख जारी भएको छ । बीमा समितिका अनुसार नेपाली बीमा कम्पनीहरुले १६ लाख ६१ हजार १ सय ७ वटा म्यादी बीमालेख जारी गरेका हुन् ।
यो म्यादी बीमा विगत २ वर्षअघि देखिको जोडिँदै आएको समितिले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ४८ हजार ८४ वटा मात्र जारी भएको थियो ।
आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४४ हजार १ सय ३ वटा बीमा लेख जारी भएको समितिको तंथ्याकमा उल्लेख छ ।
यस्तै, आर्थिक वर्ष २०७२/७३ मा यो संख्या ९ लाख ३३ हजार ८ सय ७१ रहेको समितिले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा म्यादी बीमा गर्दा २ वर्षसम्म हुन्छ । पछिल्लो समय वैदेशिक रोजगार म्यादी बीमा गराउनेको संख्या बढ्दै गएको छ ।
प्रतिक्रिया