आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो « Khabarhub

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ ।

आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर ३५ देखि ४० प्रतिशत मतदान भइसकेको छ।

‘दिउँसो २ बजेसम्ममा करिब ३५ देखि ४० प्रतिशत मतदान उल्लास र शान्तिपूर्ण तरिकाले भइसकेको छ’, घिमिरेले खबरहबलाई भने, ‘हामीलाई ७७वटा जिल्लाबाट विवरण आउने क्रम जारी छ। हालसम्मको तथ्यांक हेर्दा ३५ देखि ४० प्रतिशत भन्दा बढी मतदान भएको छैन।’

यसअघि निर्वाचन आयोका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७७ वटै जिल्लाबाट ६५ प्रतिशत मत खस्ने आयोगले अनुमान गरेको बताएका थिए।

निर्वाचन अधिकृतको कार्यालय हुँदै सूचना आउनुपर्ने भएकाले समय लागिरहेको घिमिरेले बताए । घिमिरेले अगाडि भने, ‘केही जिल्लाको बाहेक साढे पाँच बजेसम्म मतदान सकिने जानकारी प्राप्त भएको छ ।’

देशभर १ करोड ८९ लाख ३,६८९ जना मतदाता रहेका छन्। आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। अपरान्ह ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउने सुविधा छ।

२०७९ को निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ६७.६३ प्रतिशत खसेको थियो।

२०७९ को स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए। स्थानीय तहको मतदानभन्दा प्रतिनिधिसभा र प्रदेशसभामा विगतका निर्वाचनमा पनि कम मतदान हुँदै आएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ४० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्