नेपालले मलेसियाको सुपर लिग च्याम्पियनसँग मैत्रिपूर्ण खेल खेल्ने « Khabarhub

नेपालले मलेसियाको सुपर लिग च्याम्पियनसँग मैत्रिपूर्ण खेल खेल्ने


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसिया सुपर लिग च्याम्पियन जोहोर दरुल जिम एफसीसँग खेल्ने पक्का भएको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटको अभ्यासमा रहेको नेपाली पुरुष टोलीले मलेसियामा मैत्रिपूर्ण खेल खेल्ने जनाएको हो ।

खेल मलेसियाको पसार गुदाङ रंगशालामा अगस्ट २६ मा हुने जनाएको छ ।

विश्वकप छनोटको एसिया दोस्रो चरणको खेल भन्दा १० दिन अगाडिमात्रै नेपाली टोलीले मलेसियाको लिग च्याम्पियनसँग खेल्दा नेपाली टोलीलाई कुवेतविरुद्ध सहज हुने बताइएको छ । सेप्टेम्बर ५ मा नेपाली टोलीले कुवेतसँग विश्वकप छनोटको पहिलो खेल कुवेतको घरेलु मैदानमा खेल्दैछ ।

‘मैत्रिपूर्ण खेल खेल्न पाउँदा खुसी लागेको छ,’ नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले भने,‘हामी जोहोर दरुल जिम एफसीसँग खेल्न तयार छौं । विश्वकप छनोटको अभ्यासमा रहेको नेपाली टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ ।’

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १ : ४० बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको