मेस्सीसँगको तुलनाबारे रोनाल्डोको जवाफ– म शीर्ष गोलकर्ता हुँ « Khabarhub

मेस्सीसँगको तुलनाबारे रोनाल्डोको जवाफ– म शीर्ष गोलकर्ता हुँ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२१ औं शताब्दीको विश्व फुटबल दुई स्टार खेलाडीको वरिपरि घुमिरहेको छ । यी दुई खेलाडीभन्दा बाहिर गए नयाँ पुस्ताले स्थान पाउनेछ । ती हुन्, अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डो ।

पछिल्लो १५ बर्ष यी दुई खेलाडीबीच को उत्कृष्ट भन्ने चर्चा सधैं चलिरह्यो । दुवै स्टार खेलाडीले सायद सँगै बसेर कहिल्यै आफ्नो तुलाना गरेनन् । तर, यीनका प्रशंसकले सधैं एकलाई राम्रो, अर्कोलाई नराम्रो भन्नमै समय खर्च गरिरहे ।

कहिले काहिँ सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई २ जनामध्ये को उत्कृष्ट भनेर प्रश्न गरेभने दुवै जना आफूहरुको योगदानमा क्लबले पाएको सफलता र व्यक्तिगत सफलतालाई देखाउने गर्छन् ।

यदि सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई एकै खाले प्रश्न साेधे भने रोनाल्डोकाे जवाफ सिधा हुन्छ भने मेस्सीले ‘डिप्लोम्याटिक’ जवाफ दिन्छन् ।

हालै एउटा अन्तर्वार्तामा रोनाल्डोले दिएको जवाफ अहिले चर्चामा छ । अन्तर्वार्तामा रोनाल्डोलाई मेस्सीसँग तुलना गरेर प्रश्न सोधिएको थियो । जसको जवाफमा आफू मेस्सीभन्दा कसरी फरक छु भनेर स्पष्ट पार्न खोजेका छन् ।

‘म र मेस्सीबीचको फरक त्यही हो, मैले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको छु । म च्याम्पियन्स लिगमा लगातार ६ सिजनसम्म उच्च गोलकर्ता पनि हुँ । त्यहाँ धेरै खेलाडी छन्, जसले ५ पटक च्याम्पियन्स लिग जीतेका छन् । त्यसैले यो च्याम्पियन्स लिगमा आफ्नो पहिचान बनाउन सफल भएको छु,’ रोनाल्डोले मेस्सीसँग तुलना गरिएको सवालका जवाफमा भने ‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन् । उनले बालन डि ओर जीतेका कारणमात्रै सम्झिनु पर्ने होइन उनको खेलमाथिको सुधारलाई लिएर पनि हो । मेरो जस्तै, वर्षैपिच्छे ।’

३४ वर्षीय रोनाल्डोले इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, ला लिगको रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका छन् भने गएको वर्ष रोनाल्डो इटालीयन क्लब युभेन्ट्स पुगेका छन् । रोनाल्डोले युभेन्ट्सबाट पनि च्याम्पियन्स लिग जीत्ने लक्ष्य रहेको बताउँदै आएका छन् ।

रोनाल्डोले आफू फरक रहेको बताउँदा मेस्सीको प्रतित्रिक्रया भने आइसकेको छैन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ३ : २८ बजे

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको