सिक्किममा पवन चाम्लिङलाई ठूलो धक्का, विधानसभामा एक्लै परे « Khabarhub

सिक्किममा पवन चाम्लिङलाई ठूलो धक्का, विधानसभामा एक्लै परे


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्टोक– सिक्किममा पूर्व मुख्यमन्त्री पवन चाम्लिङको पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चाका १३ मध्ये १० विधायकहरु केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा प्रवेश गरेको भोलिपल्टै बाँकी दुई विधायकहरु पनि राज्य सरकार चलाइरहेको सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम प्रवेश गरेका छन् ।

१३ मध्ये १२ विधायकले पार्टी छाडेपछि चाम्लिङ भने विधानसभामा एक्लै परेका छन् । मंगलबार सिक्किम प्रजातान्त्रिक मोर्चाका दुई विधायकहरु एसकेएम प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सोमबार चाम्लिङको पार्टीका १३ मध्ये १० सांसद्हरु भाजपा प्रवेश गरेका थिए । केन्द्रीय राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममार्फत् उनीहरु भाजपा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै वर्ष भएको विधानसभा निर्वाचनमा केबल १५ सिट जितेपछि २५ वर्षपछि सिक्किममा पवन चाम्लिङको सरकार पतन भएको थियो ।

जितेका १५ मध्ये दुई विधायकले दुई स्थानबाट जितेका कारण सिक्किम प्रजातानित्रक मोर्चाको केबल १३ सिट रहन गएको थियो ।

राज्यको सरकार गुमाए पनि राज्यको सबैभन्दा ठूलो विपक्षी दल बन्न पुगेको सिक्किम प्रजातान्त्रि मोर्चाका पवन चाम्लिङ अब एक मात्र विधायक रहेका छन् । विधानसभा चुनावमा कुनै पनि सिट जित्न नसकेको भाजपा भने अब एकाएक सबैभन्दा ठूलो विपक्षी पार्टी बन्न पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ५० बजे

जन्ती बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले दियो आर्थिक सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका

‘निर्वाचन सफल बनाउन जिल्लावासीसँग अनुरोध’

रसुवा– जिल्लास्थित जनपथ प्रहरी कार्यालयले निर्वाचन सुरक्षा सहयोगीका रूपमा सर्वसाधारणका

भ्रष्टाचार मुद्दामा थुनिएका अधिकारीलाई सर्वोच्चले पनि छोड्न मानेन

काठमाडौं- भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा थुनामा परेका

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ

राजविराज– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका