पत्रकार पुडासैनीको भिडियो सार्वजनिकसँगै आत्महत्या प्रकरण गम्भीर मोडमा | Khabarhub Khabarhub

पत्रकार पुडासैनीको भिडियो सार्वजनिकसँगै आत्महत्या प्रकरण गम्भीर मोडमा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएसँगै उनको मृत्युको विषय गम्भीर मोडमा पुगेको छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो उनकै परिवारले सार्वजनिक गरेका हुन् । उक्त भिडियोमा पुडासैनीको रुँदै बोलिरहेका छन् । करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्।

उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्।

उनले पत्रकार रवी लामिछानेमाथि विभिन्न आरोप लगाउँदै अडियोमा भनेका छन्, ‘रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ ।’

अडियोमा भनिएको छ, ‘केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ ।’

भिडियोमा उनले आफ्नो पारिवारिक विषयमा पनि कुरा गरेका छन् । उनले आफ्नो श्रीमतीलाई भनेका छन्, ‘ ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’

उनले न्युज २४ छोड्छु भन्दा रवि र दीपकले डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिने आश्वासनका विषयमा पनि खुलाएका छन् ।

नुवाकोट बेलकोटगढी-३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले केही दिन अघि चितवनको एक होटेलमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । पत्रकार पुडासैनीले भिडियोमा रवि लामिछानेमाथि विभिन्न आरोप लगाएपनि यसमा लामिछानेले संलग्नता अस्वीकार गरिरहेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ०८ बजे

माधव नेपाल मुछिएको पतञ्जलि प्रकरणमा झलनाथको प्रतिक्रिया- त्यो अदालतको विषय बनिसक्यो

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जलिको जग्गा

दुई दर्जनभन्दा बढी नाराले भरिएको मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम

समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन

दशरथचन्द– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई तोकिएको समयमा

ओलीतिर सोझिएका आधा दर्जन प्रश्न : अख्तियारले गर्ला अनुसन्धान ?

काठमाडौं– बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत

सुदूरपश्चिम प्रदेश : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक