पत्रकार पुडासैनीको भिडियो सार्वजनिकसँगै आत्महत्या प्रकरण गम्भीर मोडमा « Khabarhub

पत्रकार पुडासैनीको भिडियो सार्वजनिकसँगै आत्महत्या प्रकरण गम्भीर मोडमा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएसँगै उनको मृत्युको विषय गम्भीर मोडमा पुगेको छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो उनकै परिवारले सार्वजनिक गरेका हुन् । उक्त भिडियोमा पुडासैनीको रुँदै बोलिरहेका छन् । करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्।

उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्।

उनले पत्रकार रवी लामिछानेमाथि विभिन्न आरोप लगाउँदै अडियोमा भनेका छन्, ‘रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ ।’

अडियोमा भनिएको छ, ‘केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ ।’

भिडियोमा उनले आफ्नो पारिवारिक विषयमा पनि कुरा गरेका छन् । उनले आफ्नो श्रीमतीलाई भनेका छन्, ‘ ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’

उनले न्युज २४ छोड्छु भन्दा रवि र दीपकले डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिने आश्वासनका विषयमा पनि खुलाएका छन् ।

नुवाकोट बेलकोटगढी-३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले केही दिन अघि चितवनको एक होटेलमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । पत्रकार पुडासैनीले भिडियोमा रवि लामिछानेमाथि विभिन्न आरोप लगाएपनि यसमा लामिछानेले संलग्नता अस्वीकार गरिरहेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ०८ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका