ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: पीएसजी मै « Khabarhub

ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: पीएसजी मै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोना जाने चर्चा चलेका ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र त्यसपछि ट्रान्सफर बजारमा सरुवा हुने चर्चाका कारण टोलीमा रहेका थिएनन् ।

नेयमारले चोटबाट पुनरागमन गर्दै ब्राजिलका लागि गत साता दुई मैत्रीपूर्ण खेलमा सहभागिता जनाइसकेका छन् । कोलोम्बियाविरुद्ध जितमा गोल समेत गरेका नेयमारले अब पीएसजीको आक्रमण सम्हाल्नेछन् । पीएसजीका मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण विश्राममा रहेकाले नेयमारको आवश्यकता खड्किएको थियो ।

प्रशिक्षक टुचेलले नेयमारको टोलीमा महत्त्व झनै बढेको महसुस गरेका छन् । ‘नेयमारको पुनरागमन राम्रो समयमा भएको छ । एम्बाप्पे र काभानी चोटका कारण बाहिर रहँदा उनले नै हाम्रो आक्रमण सम्हाल्नेछन् । उनी अब पीएसजीमा नै ध्यान केन्द्रित गरेर खेल्नेछन् । हामीले पहिलादेखि यहि नै चाहेका थियौं,’ प्रशिक्षक टुचेलले भने ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ४७ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज