ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: पीएसजी मै « Khabarhub

ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: पीएसजी मै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोना जाने चर्चा चलेका ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र त्यसपछि ट्रान्सफर बजारमा सरुवा हुने चर्चाका कारण टोलीमा रहेका थिएनन् ।

नेयमारले चोटबाट पुनरागमन गर्दै ब्राजिलका लागि गत साता दुई मैत्रीपूर्ण खेलमा सहभागिता जनाइसकेका छन् । कोलोम्बियाविरुद्ध जितमा गोल समेत गरेका नेयमारले अब पीएसजीको आक्रमण सम्हाल्नेछन् । पीएसजीका मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण विश्राममा रहेकाले नेयमारको आवश्यकता खड्किएको थियो ।

प्रशिक्षक टुचेलले नेयमारको टोलीमा महत्त्व झनै बढेको महसुस गरेका छन् । ‘नेयमारको पुनरागमन राम्रो समयमा भएको छ । एम्बाप्पे र काभानी चोटका कारण बाहिर रहँदा उनले नै हाम्रो आक्रमण सम्हाल्नेछन् । उनी अब पीएसजीमा नै ध्यान केन्द्रित गरेर खेल्नेछन् । हामीले पहिलादेखि यहि नै चाहेका थियौं,’ प्रशिक्षक टुचेलले भने ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ४७ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा