एकीकरणको इतिहाससँग जोडिएको एकीकरण पदमार्ग शुरु हुँदै « Khabarhub

एकीकरणको इतिहाससँग जोडिएको एकीकरण पदमार्ग शुरु हुँदै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एकीकरणको इतिहाससँग जोडिएका पुराना गढी र किल्लाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न नेपाली सेनाले उदयपुरको चौदण्डीगढीदेखि बैतडीको अजयमेरुकोटसम्म ‘एकीकरण पदमार्ग’ स्थापना गरेको छ ।

यी गढी तथा किल्लाहरूसँग वीर नेपालीको पहिचान र सेनाको इतिहास जोडिएकाले विभिन्न जिल्लामा रहेका ऐतिहासिक गढी, किल्ला र दरबारलाई जोडेर पदमार्ग स्थापन गरिएको जानकारी सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दिए ।

उदयपुरको चौदण्डीगढीबाट सुरु भएर उदयपुरगढी, सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, काठमाडौँ उपत्यका, नुवाकोट दरबार, गोरखा दरबार, वारपाककोट दरबार, लमजुङ लिगलिगकोट, तनहुँ, लमजुङ दरबार र कास्कीकोट दरबारसम्म जोडिएको छ ।

त्यस्तै रूपन्देही जितगढी, पाल्पा दरबार, गुल्मी चरपाला दरबार, अर्घाकोट, सल्यान फालवाङ दरबार, सुर्खेत बयालकाडाकोट, दैलेखको दुल्लु दरबार, अछामको मङ्गलसेन दरबार, जयगढ, बझाङको थालाकोट, डोटीको सिलगढी, डडलेधुराको अमरगढी हुँदै बैतडीको अजयमेरुकोटसम्म पदमार्ग जोडिएको छ ।

पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणका क्रममा निर्माण भएका किल्ला तथा त्यसअघिका बाइसे, चौबीसे राजारजौटाका दरबारहरूको संरक्षण गर्न एकीकरण पदमार्ग निर्माण गरिएको हो ।

यसका लागि सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ । सैनिक प्रवक्ता पाण्डेले भने, ‘प्रत्येक नेपालीलाई आफ्नो इतिहासप्रति गर्व गराउन पदमार्ग निर्माण गरिएको हो । एकीकरण पदमार्ग राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डतासँग जोडिएको छ । भावी पुस्ताका लागि पुर्खाले निर्माण गरेको इतिहास प्रेरणाको स्रोत बन्ने गरेको हुन्छ ।’

यसअघि समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढी, मकवानपुरगढी र उदयपुरगढीको संरक्षणका लागि पदमार्ग निर्माण गर्ने प्रस्ताव अगाडि सारेको थियो । सो प्रस्ताव सेनाका लागि ढुङ्गो खोज्दा देउता मिलेजस्तै बनेको हो ।

गौरवमय इतिहाससँग जोडिएका पुरातात्विक सम्पदाहरूको संरक्षण र सम्वद्र्धनमा स्थानीयवासीको सहभागिताले सेनालाई थप हौसला मिलेको चर्चा गर्दै प्रवक्ता पाण्डेले राष्ट्रिय एकता थप बलियो बनाउन पदमार्ग अभियान उपलब्धिमूलक हुने बताए ।

नेपालमा सानाठूला किल्ला, गढी र दरबारहरू करिब तीन सयको सङ्ख्यामा रहेको बताइएको छ । ती सबैको संरक्षण र सम्वद्र्धन गर्न तत्काल सम्भव नभए पनि राष्ट्रिय एकीकरणका क्रममा निर्माण गरेका तथा प्रयोग गरेका किल्ला, गढी र दरबारको संरक्षण गर्न पदमार्ग निर्माण गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ५८ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६