अदुवाले उचित मूल्य पाएपछि कृषक हर्षित « Khabarhub

अदुवाले उचित मूल्य पाएपछि कृषक हर्षित


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य एक हजारदेखि पन्ध्र सय रुपैयाँको हाराहारीमा भएकोमा यस वर्ष बढेर ६ हजार रुपैयाँ पुगेको छ ।

उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन् । अघिल्लो वर्ष निकासीमा भारतले अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या भएको थियो ।

लगानी नउठेको भन्दै व्यावसायिक खेती गरिरहेका अधिकांश कृषकले यो वर्ष अदुवाखेती गरेका थिएनन् ।

अदुवाको उत्पादनमा ५० प्रतिशतले कमी आएपछि मूल्य भने चार गुणाले बढेको हो । उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको अदुवा व्यापारी ढकेन्द्र भट्टराईको भनाइ छ ।

फागुन, चैत महीनामा रोपिएको अदुवा अहिले फलिसकेको छ । पहिले रोपिएको अदुवा झिकेर पुनः प्रयोग गर्न सकिने भएकाले यसबाट खासै नोक्सानी बेहोर्नु नपर्ने कृषकको भनाइ छ ।

गाउँका स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । पाँचथर मिक्लाजुङ–२ का कृषक भक्त चुहानले भने, ‘विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै कृषकले मात्रै अदुवा रोपेका थिए, तर उत्पादन भएको हुँदा र भारत निकासीमा सहज भएकााले होला गत वर्षभन्दा चार गुणा बढी भाउ आयो, अत्यन्तै हर्षित छौँ ।’

विगत वर्षदेखि नै पाँचथरको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ८ : ५५ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको