अस्ट्रेलियाब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदै « Khabarhub

अस्ट्रेलियाब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिसबेन- अस्ट्रेलियामा रहेका नेपालीले नेपाली नृत्य प्रतियोगिता आयोजना गरेका छन् ।

नेप्लिज एसोसिएसन अफ क्विन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ अस्ट्रेलियाको संयोजनमा २८ र २९ सेप्टेम्बरमा हुने नेपाली नृत्य प्रतियोगितामा नेपाली संस्कृतिको प्रचार गरिने छ ।

प्रतियोगिताका लागि “हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्द्धन, सम्बर्द्धन अनि सम्मान” भन्ने नारा तय गरिएको छ ।

न्यूजिल्याण्डको समेत सहभागिता रहने यो कार्यक्रममा अस्ट्रेलियाको ताज्मानिया बाहेक सबै राज्यबाट सहभागिता रहनेछ र प्रतियोगितामा नेपालका बिभिन्न जातजाति, भेषभुषा, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुनेछन् ।

प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति हुनेछ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परी प्रतिस्पर्धाका लागि तयारीमा छन् ।

आ-आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफुले प्रस्तुत गर्ने नृत्य र यससंग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्नेछ ।

दुइ चरणमा हुने यो प्रतियोगितामा उत्कृस्टताको आधारमा प्रत्येक समुहबाट पाँच नृत्य दोश्रो चरणमा जानेछन ।

एकल नृत्यमा प्रथमलाई ८००, द्धितियलाई ५०० तथा तृतियलाई ३००, युगल नृत्यमा प्रथमलाई १२००, द्धितियलाई ७०० तथा तृतियलाई ४०० र समूहतर्फ प्रथमलाई १६००, द्धितियलाई ९०० तथा तृतियलाई ५०० डलर नगद पुरस्कारको व्यवस्था गरिएको छ।

सन् २००९ देखि ब्रिसबेनमा शुरु भएको उक्त प्रतियोगिताको पाँचौ शृंखलाको रुपमा संचालन हुन गइहेको यो प्रतियोगिता प्रत्येक दुइ बर्षमा आयोजना गर्ने गरिएको छ ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको आयोजक कमिटिका संयोजक डा केशब शर्माले जानकारी दिए ।

कार्यक्रमको मुख्य उद्देश्य अस्ट्रेलिया र न्यूजिल्याण्डका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालप्रतिको माया जगाउनु र नेपाली कला, संस्कृति, भाषा, साहित्य, जातजाति, भेषभुषा, नेपाली लोक गीत संगीतको प्रचार गर्नु रहेको शर्माले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ४२ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा