एकताले मात्र सफलता मिल्छ : सभापति देउवा « Khabarhub

एकताले मात्र सफलता मिल्छ : सभापति देउवा


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् ।

दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै सभापति देउवाले एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिने बताए ।

एकताको अभियानमा लाग्न पनि उनले कार्यकर्तालाई सुझाव दिए । सभापति देउवाले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिए ।

देउवाले भने, ‘हिजो कसले के कमजोरी गर्‍यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला ।’ उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे ।

‘यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअनर्तघात हुने छैन’ उनले भने ।

बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  २ : १८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक