पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता « Khabarhub

पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् ।

भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७: ३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पुर्‍याएर फर्किएका थिए ।

आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७: ३० बजेको समयमा फोन गर्दा श्रीमान्ले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताइन् ।

उनका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान् शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेकी थिइन् ।

राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निस्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनिषाको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बेपत्ता महिलाको खोजी कार्य तीव्र पारिएको भए पनि अहिलेसम्म कुनै पत्ता नलागेको जानकारी दिए ।

उनले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजीकार्य अझै जारी रहेको बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  २ : ४६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको