काठमाडौंमा कांग्रेसको प्रदर्शन « Khabarhub

काठमाडौंमा कांग्रेसको प्रदर्शन


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा आक्रमण भएको दाबी गर्दै दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै शनिबार दिउँसो माईतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो ।

विगतमा हत्या, हिंसा र आतंकमा संलग्न रहेका सत्तारुढ नेकपाका नेता, कार्यकर्ताले बाँकेको सितापुरमा एक कार्यक्रममा सहभागी भएकी कांग्रेस जिल्ला सभापति कोइरालासहित एक दर्जन बढीलाई आक्रमण गरी घाइते बनाएपछि त्यसको विरोधमा काठमाडौंसहित देशभर शान्तिपूर्ण विरोध प्रर्दशन गर्नु परेको काँग्रेस, काठमाडौंका जिल्ला सभापति सबुज बानियाले जानकारी दिए । उनले उक्त घटनामा संलग्न कार्यकर्तालाई सरकारले कारवाही नगरे आफूहरुले पानीमूनी पुगे पनि नछाडने चेतावनी दिए ।

करिब १५ मिनेट शान्तिपूर्ण धर्नामा रहेका काँगे्रेस नेता, कार्यकर्ताहरुले ‘प्रधानमन्त्री ज्यू, भनी प्रश्न गरिएको प्ले कार्ड पनि प्रर्दशन गरेका थिए । उनीहरुले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको दावी गर्दै सरकारबिरुद्ध चर्का नाराबाजी गरेका थिए ।

गत बुधबार बाँकेको सितापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएकाहरुमाथि आक्रमण हुँदा बाँके जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन बढी नेता, कार्यकर्ता घाईते भएका थिए । घटनामा सत्तारुढ दलकै संलग्नता रहेको दाबी गर्दै नेपाली काँग्रेसले दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै देशभर विरोध प्रर्दशन सुरु गरेको हो ।

यसअघि शनिबारै कांग्रेस जिल्ला सभापतिहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटेर दोषीलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ५ : ०० बजे

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै

मङ्गलवारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

सुनसरी– कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी