अन्तरङ्ग सम्बन्ध पनि थाहा पाउँछ फेसबुकले ! « Khabarhub

अन्तरङ्ग सम्बन्ध पनि थाहा पाउँछ फेसबुकले !


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल फेसबुकले तपाईंको यौन जीवन र अन्तरङ्ग सम्बन्धकाबारेमा पनि थाहा पाउने गरेको एक रिपोर्ट सार्वजनिक भएको छ ।

एक अध्ययन अनुसन्धानका अनुसार यस्ता डाटा केही एपहरुले सामाजिक सञ्जाल फेसबुकलाई दिने गरेका छन् । जसका आधारमा फेसबुकले उक्त अवस्थालाई ध्यान दिँदै विज्ञापन र सामाग्रीहरु सञ्जाल प्रयोगकर्तासँग पठाउने गरेको तथ्य फेला पारेको हो ।

प्रिभसी इन्टरन्याशनल (पीआई) ले गरेको एक अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकले पाउने गरेको विवरण सार्वजनिक गरेको हो ।

पीआईले अनुसार यौनसम्पर्क गरेको समयसहित महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरू बारे लामो अध्ययन गरेको थियो ।

अध्ययनका अनुसार माया, एमआईए माई पिरिअड ट्र्याकर लगायतका एपले आफ्ना प्रयोगकर्ताबाट प्राप्त डेटा फेसबुकलाई दिने गरेको हो । माया ५० लाख, एमआईए १० लाख र माई पिरिअड ट्र्याकर १० लाख भन्दा धेरै डाउनलोड भएका एपहरु हुन् ।

एप प्रयोग गर्ने महिलाले कस्तो गर्भनिरोधक औषधि प्रयोग गरिन्, उनको महिनावारी कहिले हुन लागेको छ र कस्ता लक्षणहरू देखियो भन्ने विवरण त्यसमा लिइएको हुन्छ।

महिनावारीका बारेमा बताउने एपहरूले सामान्य स्वास्थ्यका कुरादेखि यौन, मनस्थितिसम्बन्धी सूचना, प्रयोगकर्ताले के खाने र पिउने गर्छन् अनि कुन स्यानिटरी प्याड प्रयोग गर्छन् भन्नेसम्मका विवरण लिने गरेका छन् र त्यस्ता विवरणहरु फेसबुकलाई उपलब्ध गराउने गरेका हुन् ।

सामाजिक सञ्जालको सफ्टवेअर डेभलपमेन्ट किट (एसडीके) मार्फत् फेसबुकमा त्यो शेयर हुन्छ र सामाजिक सञ्जालहरूले प्रयोगकर्ताहरूलाई ध्यानमा राखेर उनीहरुको लागि आवश्यक पर्ने खालका विज्ञापनहरु उपलब्ध गराउने र विज्ञापनकर्ताबाट पैसा कमाउने गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ५ : ४८ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च