भारतले जित्यो यू–१९ एसिया कप क्रिकेटको उपाधि « Khabarhub

भारतले जित्यो यू–१९ एसिया कप क्रिकेटको उपाधि


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । श्रीलंकामा जारी प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा बंगलादेशविरुद्ध भारतले पाँच रनको रोमाञ्चक जीत निकालेको हो ।

योसँगै भारतले यू–१९ एसिया कपको उपाधि सातौं पटक जित्न सफल भएको छ ।

कोलम्बोमा भारतले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । बंगलादेशका लागि कप्तान अकबर अलीले २३ रन जोडे । यस्तै मृतुनजोय चौधरीले २१ तथा तान्जिम हसन सकिबले १२ रन बनाए ।

जीत नजिक पुगेको बंगलादेशलाई सस्तैमा समेट्न भारतका अथर्भा अन्कोलेकारले ५ विकेट लिए । उनले यसमा २८ रन खर्चिए । यस्तै आकाश सिंहले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ३२ ओभर ४ बलमा अलआउट हुँदै १०६ रनमा समेटिएको थियो । भारतका लागि करण लालले सर्वाधिक ३७ तथा कप्तान ध्रुव चन्द जुरेलले ३३ रन बनाए ।

त्यस्तै साश्वत रावतले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बंगलादेशका मृतुनजोय चौधरी र सामिम होसेनले ३–३ विकेट लिए ।

सेमिफाइनलमा भने दुवै टोलीले भाग्यमानी बन्दै फाइनलमा भेट पक्का गरेका हुन् । बिहीबार वर्षाले दुवै सेमिफाइनल खेल रद्द भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनल पुगेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ५ : ५४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण