नयाँ भूमि ऐनबाट सुकुम्बासी समस्या समाधान हुने मन्त्री अर्यालको विश्वास | Khabarhub Khabarhub

नयाँ भूमि ऐनबाट सुकुम्बासी समस्या समाधान हुने मन्त्री अर्यालको विश्वास


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने बताएकी छन् ।

जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको विराटनगरमा आयोजित भवन उद्घाटन एवं सम्मान कार्यक्रममा उनले सरकारले ल्याउन लागेको भूमि ऐनबाट यो समस्या दीर्घकालिनरूपमा समाधान हुने विश्वास व्यक्त गरिन् ।

मन्त्री अर्यालले सहकारीले रोजगारी सिर्जना गर्न र दिगो विकासको लक्ष्यमा पुग्न द्रुतगतिमा उत्पादनमुखी क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउँदै कृषि र उत्पादन क्षेत्रमा गरिने लगानीमा कर छुटको व्यवस्था रहेको जानकारी दिइन् ।

उनले भूमि बैंक स्थापनाको नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिँदै स्थानीय सरकारले खाली जमिनको नक्सा उपलब्ध गराएपछि यसको समुचित प्रयोग गरी व्यावसायिक कृषि उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने बताइन् ।

मन्त्री अर्यालले सहकारीमा जम्मा भएको जनताको रकमको सुरक्षाका लागि कर्जा सुरक्षण विभागमा आवद्ध गराउने व्यवस्था गरिएको उल्लेख गर्दै सुशासन कायम राखी पारदर्शीरुपमा सहकारीले कार्य गर्नुपर्नेमा जोड दिइन् ।

प्रदेशसभा सदस्य यशोदा अधिकारीले प्रदेश सहकारी ऐनले ठूला तथा मझौला आयोजना र जनतालाई आत्मनिर्भर बनाउने कार्यमा लगानी गर्न ढोका खुला गरेको बताइन् ।

सङ्घका अध्यक्ष डिल्ली पोखरेल, उपाध्यक्ष पार्वती बराल, नेकपाका नेतृ भगवती चौधरी, राट्रिय सहकारी बैंकका सदस्य रमेश पोखरेल, समाजसेवी महेश रेग्मीले सहकारीको माध्यमबाट रोजगारी सिर्जना गरी व्यावसायिक कृषि र पशुपालनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा मन्त्री अर्यालले भवन खरीद गर्न रु ५० हजारदेखि पाँच लाखसम्म सहयोग गर्ने ११३ सहकारी संस्थालाई दोसल्ला ओढाइ सम्मान गरिन् । सङ्घले विराटनगर–९ स्थित चार धुर जग्गामा तीनतले भवन रु ९० लाखमा खरिद गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : ०७ बजे

वैदेशिक रोजगार विभाग भन्छ- कानुनविपरीत रोजगारसम्बन्धी काम गर्नेलाई कारबाही गर्छौँ

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने ट्राभल टिकेटिङ्ग

परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण

‘असामान्य अवस्थामा सामान्य बजेट ल्याएर समस्या समाधान हुँदैन, हस्तक्षेपकारी चाहिन्छ’

काठमाडौं– लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य

हितेन्द्रदेव भन्छन्- सानो समस्या आउँदैमा लोडसेडिङ हुँदैन, इन्भर्टर र मैनबत्ती खोज्ने कुरा नगरौँ

काठमाडौं- धनुषाको ढल्केबर आसपासको क्षेत्रमा उच्चबेगसहित चलेको हावाहुरीका कारण ढल्केबर-मुजफरपुर

स्वास्थ्य मन्त्रालय मातहतका निकायको एक अर्ब ७० करोड बढी बेरुजु 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको एक अर्ब