कास्कीमा उम्मेद्वार बन्ने भएपछि रजनीले कांग्रेस छाडिन « Khabarhub

कास्कीमा उम्मेद्वार बन्ने भएपछि रजनीले कांग्रेस छाडिन


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-साझा पार्टीले कास्की क्षेत्र नम्बर २ को उम्मेद्वार बनाउने भएपछि कांग्रेस नेतृ रजनी केसीले राजीनामा दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आजैका दिनदेखि लागू हुने गरी कांग्रेसको सदस्यता त्याग गरेको घोषणा गरेकी छन् ।

उनले लेखेको फेसबुक स्टाटस यस्तो छ:

उनले आजै साझा पार्टी प्रवेश गरेकी छन्। साझा पार्टीले पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन्। साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

को हुन केसी
पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि उक्त पदबाट राजीनामा गरी साझा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामा कात्तिक १ गतेदेखि लागु हुने गरी विश्वविद्यालयले स्वीकृत गरेको छ।

कांग्रेसमा लाग्दा पनि कुनै परिवर्तन र सुधारको संकेत नपाएरै बिना मोलमोलाई साझामा प्रवेश गरेको केसीले बताइन्।

नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय नेतृ केसी २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्।

केसीले साझाको नीति र कार्यक्रमबाट प्रभावित भएरै कांग्रेस छाडेर साझा प्रवेश गरेको उल्लेख गरिन्।

कास्की क्षेत्र नम्बर २ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको हो।

साझा पार्टीले आइतबार कास्की संयोजक अर्जुन खनाल र महानगर संयोजक मनकाजी गुरुङलाई घोषणा गरेको छ। खनाल व्यवसायी र गुरुङ निजी विद्यालय सञ्चालक हुन्। खनाल नेकपामा सक्रिय थिए।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ३२ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा