कास्कीमा उम्मेद्वार बन्ने भएपछि रजनीले कांग्रेस छाडिन « Khabarhub

कास्कीमा उम्मेद्वार बन्ने भएपछि रजनीले कांग्रेस छाडिन


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-साझा पार्टीले कास्की क्षेत्र नम्बर २ को उम्मेद्वार बनाउने भएपछि कांग्रेस नेतृ रजनी केसीले राजीनामा दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आजैका दिनदेखि लागू हुने गरी कांग्रेसको सदस्यता त्याग गरेको घोषणा गरेकी छन् ।

उनले लेखेको फेसबुक स्टाटस यस्तो छ:

उनले आजै साझा पार्टी प्रवेश गरेकी छन्। साझा पार्टीले पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन्। साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

को हुन केसी
पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि उक्त पदबाट राजीनामा गरी साझा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामा कात्तिक १ गतेदेखि लागु हुने गरी विश्वविद्यालयले स्वीकृत गरेको छ।

कांग्रेसमा लाग्दा पनि कुनै परिवर्तन र सुधारको संकेत नपाएरै बिना मोलमोलाई साझामा प्रवेश गरेको केसीले बताइन्।

नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय नेतृ केसी २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्।

केसीले साझाको नीति र कार्यक्रमबाट प्रभावित भएरै कांग्रेस छाडेर साझा प्रवेश गरेको उल्लेख गरिन्।

कास्की क्षेत्र नम्बर २ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको हो।

साझा पार्टीले आइतबार कास्की संयोजक अर्जुन खनाल र महानगर संयोजक मनकाजी गुरुङलाई घोषणा गरेको छ। खनाल व्यवसायी र गुरुङ निजी विद्यालय सञ्चालक हुन्। खनाल नेकपामा सक्रिय थिए।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ३२ बजे

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस