नेपाल ७–० गोल अन्तरले पराजित « Khabarhub

नेपाल ७–० गोल अन्तरले पराजित


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जोर्डनमा जारी १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनविरुद्ध नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा दुई गोल खाएको थियो ।

सन् २०२० मा आयोजना हुने यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ’ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ ।

त्यस्तै तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ५५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय