विज्ञको सुझाव– अब चीनसँगको सम्झौता कार्यान्वयनमा ध्यान दिनुपर्छ | Khabarhub Khabarhub

विज्ञको सुझाव– अब चीनसँगको सम्झौता कार्यान्वयनमा ध्यान दिनुपर्छ


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका राष्ट्रपति सी चीन फिङको राजकीय भ्रमण सकिएसँगै यसका उपलव्धि बारे टिका-टिप्पणी शुरु भएको छ ।

सीको नेपाल भ्रमणले ६ दशक लामो नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको विश्लेषकहरुको भनाइ छ । भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा पनि नेपाल चीन बीचको सम्बन्ध मजवुद बनेकाे विषयलाई जोड दिइएको छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएको बीस बुँदै समझदारी र सम्झौताका साथमा संयुक्त वक्तव्यमा समेटिएका विषयका बारेमा आम चासो व्यक्त भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको दुई दिन भ्रमण भव्य रुपमा सम्पन्न भएको र यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाई र गतिशीलता प्राप्त भएको बताएका छन् । ‘सीको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ’ ओलीले भनेका छन्,‘उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।’

उनले पूराना सम्झौताहरु कार्यान्वयनको सवालमा पनि यो भ्रमण महत्वपूर्ण बनेको बताए ।

त्यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सफल भएको बताएका छन् । ‘मुलत यो भ्रमण सफल नै रह्यो’ डा भट्टराईले भने,‘हाम्रा विदेशी पाहुना आउँदा खालि केटाकेटीमा मामा आउँदा मामाले के ल्याइदियो, के कति मिठाइ दिए, कति दक्षिणा दिए भनेजस्तो सोच हामीले राख्नु हुँदैन ।’

उनले चीन सदैव नेपालको मित्र राष्ट्र रहँदै आएको भन्दै चीनसँग खास समस्या नभएको अर्थमा पनि सीको भ्रमण सुखद् रहेको प्रतिक्रिया दिए ।

त्यस्तै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका परराष्ट्र विज्ञ डा राजन भट्टराईले सीको नेपाल भ्रमण ऐतिहासिक बनेको बताए । ‘दुई देशकाबीचमा महत्वपूर्ण समझदारीहरु भएको छ,’ डा भट्टराईले भने,‘उहाँको भ्रमणले दुई मुलुकबीच दीर्घकालिन हितमा जान बाटो कोर्ने काम भएको छ । भोलिका दिनमा यसले ठूलो लाभ हुनेछ ।’

पूराना सम्झौता कार्यान्वयनका लागि यो भ्रमण फलदायी रहेको र आगामी दिनमा पनि यो भ्रमणका कारण थप उपल्धि हासिल हुने उनको भनाइ छ ।

नेपाल–चीन मामिला विज्ञ गंगा उप्रेति नेपाल र चीनबीच केही महत्वपूर्ण सम्झौताहरु भएको बताउँछन् । अब यी सम्झौता कार्यान्वयनको पाटोमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘केही सम्झौता महत्वपूर्ण भए’ उनले भने,‘अब कार्यान्वयनको कुरा छ । जुन सम्झौताले हाम्रो मुलकको जियो–पोलिटिकल स्थितिलाई चेन्ज गरिदिन्छ ।’

चिनियाँ राष्ट्रपतिले भनेको जस्तो नेपाल अब ल्याण्डलक रहेन , ल्याण्डलिंक भन्ने नेपालको आकांक्षा छ त्यसलाई पूरा गर्न हामी एकदमै कटिवद्ध हुनुपर्ने उनको भनाइ छ ।

उनले भने,‘त्यो आकांक्षा पूरा गर्ने भनेको फिजिकल कनेक्टीभिटी हो । रेलको, बाटोको स्तर उन्नतीको हो । यसका लागि नेपाल पनि तत्पर रहनुपर्छ । चीनको तर्फबाट त राष्ट्रपतिले भनिसक्नुभो । हामी जे बोल्छौ र त्यो कमिटमेन्ट गर्छौं । पूरा गरेरै छोड्छौं । हाम्रा लागि यही नै पर्याप्त छ ।’

पूर्वाधार तथा योजना विद् डा गोविन्द पोखरेलले चीन र नेपालबीचको समझदारी कार्यान्वयमा जोड दिनुपर्ने बताए । भएका समझदारीहरुको कार्यान्वयमा सरकार गम्भीर बन्नु पर्ने उनको भनाइ छ ।

पूर्वाधार निर्माणका क्रममा नेपाल र चीनले मिलेर काम गर्नु पर्ने वा साझेदारीको मोडलमा गर्नुपर्नेमा जोड दिए ।

‘जुन पूर्वाधार चीनले बनाइदिने छ त्यो पूर्वाधारको निर्माणको क्रममा हाम्रा कन्ट्रयाक्टहरु निर्माण व्यवसायीलाई संलग्न ग¥यो भने यी निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि हुन्छ’ उनले भने,‘उनीहरुले अन्य पूर्वाधारमा पनि यी निर्माण व्यवसायीले गुणस्तर प्रदर्शन गर्न सक्छन् । समयमा डेलिभरी गर्न सक्छन् । त्यो किसिमको विकास साझेदारी मोडलमा जानुपर्छ ।’

अर्थविद प्रा डा. डिल्लीराज खनाल सहमतिहरु कार्यान्वनमा नेपाल गम्भीर हुनुपर्ने बताउँछन् । ‘अहिलेको प्रतिबद्धता राष्ट्रपति तहबाटै भएकाले त्यसको कार्यान्वयनमा नेपाल गम्भीर भएर अघि बढ्नुपर्छ’ उनले भने ।

नेपाल चीनबीच यसअघि हुँदै आएका विभिन्न सम्झौता कार्यान्वयमा नेपाला गम्भीर नहुने गरेको आरोप लाग्ने गरेको छ। के सीको भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन होलान् ? प्रश्न उव्जिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : २९ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार