जोर्डनविरुद्ध ८ वर्षअघि मैदान उत्रिएका थिए यी तीन खेलाडी « Khabarhub

जोर्डनविरुद्ध ८ वर्षअघि मैदान उत्रिएका थिए यी तीन खेलाडी


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (भोलि) जोर्डनसँग खेल्दैछ । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे खेल हुँदैछ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत जोर्डनसँगको ‘अवे’ खेलमा भोलि नेपालले घरेलु टोलीको सामना गर्दैछ ।

आफूभन्दा फिफा वरियतामा ६३ स्थान माथिको टोलीसँग खेल्न लागेको नेपाल तेस्रो पटक विश्वकप छनोटमै जार्डनसँग खेल्दैछ । आजभन्दा ८ बर्ष अगाडि जार्डनसँगको खेलमा मैदान उत्रिएका ५ जना नेपाली खेलाडी अहिले पनि सक्रिय खेलाडी छन् ।

राष्ट्रिय टोलीका नियमित कप्तान विराज महर्जन, उपकप्तान भरत खवास, किरण कुमार चेमजोङ, सुजल श्रेष्ठ र रोहित चन्द अहिले २०११ मा भएको जार्डनविरुद्धको खेल खेलेका थिए ।

यसमध्ये विराज महर्जन र भत खवास मंगलबार जोर्डनसँग खेल्ने टोलीमा छैनन् । विराज फिटनेसका कारण टोलीमा नरहँदा भरत आर्मीको क्याम्पमा व्यस्त रहेकाले टोलीमा छैनन् । तर, रोहित चन्द, सुजल श्रेष्ठ र किरण कुमार चेमजोङ अहिले नेपाली टोलीका महत्वपूर्ण खेलाडीको भूमिकामा रहेका छन् ।

चेमजोङ कप्तानको रुपमा रहँदा सुजल र रोहित नेपाली टोलीको मरुदण्डका रुपमा मैदान उत्रिन्छन् । मंगलबार हुने खेलमा यसअघिको आफ्नो अनुभव लगाउँदै खेलेर नेपालका लागि राम्रो नतिजा दिलाउनु यी तिन खेलाडीका लागि चुनौति छ ।

यसअघि नेपालले जोर्डनसँ सन् २०११ जुलाई २३ र २८ मा खेलेको थियो। त्यतिबेला नेपाली टोलीले उसैको मैदानमा ९–० गोल अन्तरले पराजित भएको थियो भने काठमाडौंमा भएको होम गेममा १–१ गोल बराबरी खेलेको थियो।

टोलीका अन्य ८ जना खेलाडीका लागि जोर्डन नयाँ प्रतिद्वन्दी हुनेछ । तर, जोर्डनको टिममा पनि अहिले नयाँ अनुहार आएकाले नेपालले आफ्नै रणनीति अनुसार खेल्नु पर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : ३० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता