पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू) « Khabarhub

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्। सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो ।

पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौँलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, उक्त सडकमा पनि सवारीसाधनको चाप अत्यधिक बढेपछि थप समस्या उत्पन्न भएको छ । त्यसपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ।

सवारीसाधन रोकिँदा दसैँ मनाउन घर फर्किन लागेका यात्रुहरू मर्कामा परेका छन्। अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन्। बसपार्कमा यात्रुको भीड बढ्दै जाँदा गन्तव्यमा पुग्ने समयबारे यात्रुहरू अन्योलमा छन्।

दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको समयमा राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा यातायात व्यवसायी थप समस्यामा परेका छन्।

सडक भासिएको स्थानमा मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौँ बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ। यात्रुले यात्रा सुरु गर्नुअघि सम्बन्धित यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिनुपर्ने देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ११ : २८ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा